२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो महामारी



अ+ अ-

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ ।

महामारीको “मध्यम खतरा”मा रहेको न्युयोर्क अहिले “उच्च खतरा”मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन् । मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो ।

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ । महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन् ।

कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।