१४ भाद्र २०८३, आईतवार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परशुराम नगरप्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी विजयी



अ+ अ-

डडेलधुरा । परशुराम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याउनुभयो । डायमण्ड विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित हुनुभएको थियो । एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गर्नुभएको छ ।

नगर उपप्रमुखमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कलावती बोहराले चार हजार ५९३ मत ल्याउनुभयो ।

बाह्र वडा रहेको नगरपालिकामा वडा नं १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।