• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित



सिमकोट । अदानचुली गाउँपालिकामा गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष नेकपा (माओवादी केन्द्र)का कर्ण रोकाया निर्वाचति हुनुभएको छ ।

आज बिहान सकिएको मतगणनामा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह एक हजार ९६८ मत ल्याएर विजयी हुनुभएको फडेराले एक हजार ३२९ मत ल्याउनुभएको मतदान अधिकृत यमप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण रोकायाले एक हजार ९९६ मत ल्याएर विजयी हुनुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी कांग्रेस विद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नुभएको छ । एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलोपटक एमाले पराजित भएको हो । निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित हुनुभयो ।

छवटा वडा रहेको गाउँपालिकामा चार वडामा माओवादी केन्द्र, एमाले र एकीकृत समाजवादीले एक–एक वडामा उम्मेरदवार विजयी भएका छन् । माअ‍ेवदी केन्द्रको तर्फबाट वडा नं १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषि पाण्डे, ६ मा वृखबहादुर बुढाको प्यानल विजयी भएका छन् भने वडा नं १ मा एमालेका नन्द महतारा र वडा नं ५ एकीकृत समाजवादीका कमल छत्यालको प्यानल विजयी भएका छन् । वडा नं ६ मा माओवादी केन्द्रका वृखबहादुर बुढाको प्यानल विजयी भएको छ ।