२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको सिंजाको अध्यक्षमा माओवादी केन्द्र विजयी



अ+ अ-

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार पुर्णप्रसाद धितालले एक हजार ९४९ मत ल्याई विजयी हुनुभएको हो । धितालका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दराम बुढाले एक हजार ८३१ मत ल्याउनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि माओवादीकी शीतला रोकाया विजयी हुनुभएको छ । उहाँले एक हजार ९५६ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी राजकला शाहीले एक हजार ६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सिंजाले जनाएको छ । यहाँका आठ स्थानीय तहमध्ये माओवादी केन्द्रले अहिलेसम्म सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष मात्र जितेको छ ।

पातरासी गाउँपालिकामा माओवादी केन्द्रले उपाध्यक्ष र कांग्रेसले अध्यक्षमा विजयी भएको छ । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गरिसकेको छ । विसं ०४७ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले जिल्लाका तातोपानी, गुठीचौर र हिमा गाउँपालिका अध्यक्षमा विजयी भएको थियो । यहाँका चन्दननाथ नगरपालिका, तिला तातोपानी र गुठीचौरको अन्तिम मत परिमण आउन बाँकी रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।