• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   मन्त्रिपरिषद् बैठकः सरकारद्वारा तथ्यांक नियमावली २०८० लाई स्वीकृत, यस्ता छन् अन्य निर्णयहरु ★   विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्छः पूर्वराष्ट्रपति भण्डारी ★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ

लालीगुराँस नगरमा नेपाली कांग्रेसका माबोहाङ पुनःनिर्वाचित



Nepali Congress

तेह्रथुमः जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अर्जुनकुमार माबोहाङ पुनःनिर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतको अन्तरले पराजित गर्दै माबोहाङ पुनः नगरप्रमुख निर्वाचित हुनुभएको हो । माबोहाङले पाँच हजार १३९ मत प्राप्त गरी विजयी हुँदा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय लालीगुराँसले जनाएको छ ।

नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गर्नुभएको हो । कांग्रेसले लालीगुराँस नगरपालिकाका वडा नं २, ३, ४, ७, ८ र ९ मा विजय हासिल गरेको छ । एमालेले वडा नं १ र ६ तथा ५ मा एमालेकै सहयोगमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् ।

हिलिहाङमा कांग्रेसका अधिकारी र एमालेका सेढाईँ विजयी

जिल्लाको हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका समरबहादुर अधिकारी र उपाध्यक्षमा एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी हुनुभएको छ । गए राति सम्पन्न मतगणनानुसार गाउँपालिका अध्यक्षमा गठबन्धनका अधिकारीले एमालेका भुवानीप्रसाद लिङ्देनलाई २०७ मतान्तरले पराजित गर्नुभएको हो । अधिकारीले चार हजार ५६५ मत प्राप्त गर्दा निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिङ्देनले चार हजार ३५८ मत प्राप्त गर्नुभयो । अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भवानीविक्रम लिङ्देनले १११ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनको नेकपा (एकीकृत समाजवादी)का भवानीप्रसाद लिङ्देनलाई २८ मतान्तरले पराजित गर्दै एमालेका सुमित्रा उप्रेती सेढाईँ विजयी हुनुभएको छ । सेढाईँले चार हजार १४६ मत प्राप्त गर्दा लिङ्देनले चार हजार ११८ मत प्राप्त गर्नुभयो । सेढाईँ निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

हिलिहाङमा एमालेबाट बहुमत वडाध्यक्ष र बहुमत गाउँसभा सदस्य निर्वाचित भएका छन् । हिलिहाङको वडा नं १ मा कांग्रेसका सन्तोष लिङदेन, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्या, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङ, वडा नं ४ मा एकीकृत समाजवादीका वृहस्पति गिरी, वडा नं ५ मा एमालेका बिर्खबहादुर सुहाङ र वडा नं ७ मा एमालेका धनकुमार पन्थाक प्यानलसहित वडाध्यक्ष निर्वाचित हुनुभएको छ । वडा नं ६ मा भने कांग्रेसका गणेश योङहाङ एक सदस्यसहित वडाध्यक्ष निर्वाचित हुँदा बाँकी तीन सदस्य एमालेले जितेको छ । अघिल्लो निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका वडाध्यक्ष एमालेले जितेको थियो ।

फाल्गुनन्दमा गठबन्धनका आङदेम्बे र नेम्वाङ विजयी

फाल्गुनन्द गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष कांग्रेसका वृजहाङ आङदेम्बे र उपाध्यक्षमा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा आङदेम्बेले निवर्तमान गाउँपालिका अध्यक्षसमेत रहनुभएका एमालेका वीरबहादुर कुरुम्बाङलाई एक हजार ९६ मतान्तरले पराजित गर्नुभयो । आङदेम्बेले पाँच हजार ७३९ मत प्राप्त गर्दा कुरुम्बाङले चार हजार ६४३ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा माओवादीका ठाकुरसिं नेम्वाङले जनता समाजवादी पार्टीकी बविता नेम्वाङलाई ६५७ मतान्तरले पराजित गर्नुभयो । ठाकुरसिंले पाँच हजार १०० मत प्राप्त गर्दा एमालेसँगको तालमेलमा उम्मेदवार बनेकी बविताले चार हजार ४४३ मत प्राप्त गर्नुभयो । फाल्गुनन्दका सातवटा वडामध्ये छ वटामा गठबन्धन र एउटामा एमाले विजयी भएको छ ।

फाल्गुनन्द–१ मा होमप्रसाद आङदेम्बे, २ मा सन्तोष नेम्वाङ, ३ मा सुखवीर नेम्वाङ, ४ मा दलबहादुर नेम्वाङ, ५ मा विष्णुकुमार चेम्जोङ, ६ मा नारायणप्रसाद आङदेम्बे र वडा नं ७ मा देउकुमार आङदेम्बे वडाध्यक्ष निर्वाचित हुनुभएको हो । विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र पाँच वडाध्यक्ष कांग्रेसले जितेको थियो । तर निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि यहाँ उपनिर्वाचन हुँदा अध्यक्षमा तत्कालीन नेकपामा कुरुम्बाङ ८०६ मतले विजयी हुनुभएको थियो । तर यसपटक गठबन्धनले एक वडामा बाहेक सबै पदमा विजय हासिल गरेको छ ।

फालेलुङमा गठबन्धनका थाम्सुहाङ र जबेगू विजयी

जिल्लाको फालेलुङ गाउँपालिकामा कांग्रेससहितको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । एउटा वडाको वडाध्यक्ष र तीन सदस्यबाहेक गाउँपालिकाका सबै पदमा गठबन्धन विजयी भएको हो ।

फालेलुङको अध्यक्षमा कांग्रेसका वीरविक्रम थाम्सुहाङ पाँच हजार ७७९ मतसहित विजयी हुनुभयो । अध्यक्षमा एमालेका जयप्रकाश केरुङले दुई हजार ६२१ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङले १८८, मङ्गोल नेशनल अर्गनाइजेशनका टुकप्रसाद थाम्सुहाङले १५७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका देविन्द्र खत्रीले १४८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय फालेलुङले जनाएको छ ।

फालेलुङका उपाध्यक्षमा माओवादीका महेन्द्रहाङ जबेगू विजयी हुनुभएको छ । जबेगू पाँच हजार २१४ मतसहित विजयी हुँदा एमालेका सुजता बान्तवा राईले दुई हजार ८७५ मत प्राप्त गर्नुभयो । अघिल्लोपटक झिनो मतान्तरले गाउँपालिका अध्यक्षमा पराजित जबेगू यसपटक गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएको हो ।

फालेलुङमा वडा नं १ मा टेकबहादुर गुरागार्इँ, २ मा तिलबहादुर खत्री, ३ मा शक्तिप्रसाद केरुङ, ४ मा सन्तवीर राई, ५ मा भरतकुमार खपाङ्गी, ६ मा अमरवीर राई, ७ मा टेकबहादुर केरुङ र ८ मा श्रीहाङ केरुङ वडाध्यक्ष विजयी हुनुभएको छ । अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पहिलो र दोस्रो मत ल्याएका कांग्रेस र माओवादी तथा तेस्रो मत ल्याउने एमालेका उम्मेदवार कमलप्रसाद जबेगूसमेत गठबन्धनमा आवद्ध थिए । अघिल्लो निर्वाचनमा दुईवटा वडा जितेको एमालेले भने यसपटक पदमा विजय हासिल गर्न सकेन ।