१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

नेकपा एसका अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

नेकपा एसका अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि
अ अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताउनुभएको हो । भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई मुलुकमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा कुशल सङ्गठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेको भनिएको छ ।

पुष्पलालले कोर्नुभएको जनवादी क्रान्तिको रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पु¥याउने सङ्कल्प लिएको उल्लेख गरिएको विज्ञप्तिमा दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहङ्कारका विरुद्ध विद्रोह गरेर हामीले पार्टी पुनःगठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेको उल्लेख गरिएको छ ।

नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने उद्देश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न अहिले पार्टी लागिपरेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी संरचना र पार्टी आबद्ध जनसङ्ठनहरूलाई सामाजिक–आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्ने तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक–आर्थिक प्रश्न, विकास निर्माण या उत्पादनसँग जोडिएका विषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउने र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्न चाहेको विज्ञप्तिमा भनिएको छ ।