• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला ★   दिनेश कार्तिकले विराट कोहलीलाई ‘ओरेन्ज क्याप’ लगाइदिएपछि… ★   रायोको साग बेचेर लाख आम्दानी ★   कैलालीका थारु समुुदायमा भजहरको रौनक ★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो

छिन्नलता गीत पुरस्कार एलिना चौहानलाई



गायिका एलिना चाैहान

छिन्नलता गीत पुरस्कार गुठीले २०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले आज उक्त निर्णय गरेको हो । त्यस्तै, विशेष सम्मान वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई प्रदान गर्ने भएको छ ।

यसैगरी २०७७ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ मिलन नेवारको ‘फल बुट्टे’ बोलको गीतका लागि प्रदान गरिने भएको छ ।

गुठीले २०७६ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीको ‘तिम्रो मायामा बाँधेर राख’ बोलको गीतलाई दिने निर्णय गरेको हो ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार उक्त पुरस्कार आगामी असार २६ गते वितरण गरिनेछ ।