२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो

‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो
अ अ+ अ-

एजेन्सी । अनुहारमा नचाहिने रौं हटाउन सबैको चाहना हुन्छ तर कतिपयको लागि यो प्रसिद्धिको कारण बन्न सक्छ । मेक्सिकोको एक परिवारलाई हालै गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा कपाल भएको परिवारको दर्जा दिएको छ ।

भिक्टर ‘ल्यारी’ गोमेज, गेब्रियल ‘ड्यानी’ रामोस गोमेज, लुइसा लिलिया डे लिरा एसेभ्स र जीसस म्यानुअल फजार्डो एसेभ्स एउटै परिवारको हिस्सा हुन् जसको नाम यस रेकर्ड बुकमा समावेश गरिएको छ । तिनीहरूको अनुहारमा ब्वाँसोको जस्तो अनगिन्ती केशहरू छन् ।

यो एउटा अनौठो केस हो जसमा भिक्टर गोमेजको परिवारका जम्मा ४ जना सदस्यहरू ‘कन्जेनिटल जनरलाइज्ड हाइपरट्रिकोसिस’ नामक अत्यन्तै दुर्लभ आनुवंशिक अवस्थाबाट पीडित छन्, जसलाई छोटकरीमा (सीएचजी) पनि भनिन्छ ।

यस परिवारको अवस्था हेर्दा अनुहार र छातिमा सामान्यभन्दा धेरै कपाल बढ्नु हो । २००९ को एक रिपोर्ट अनुसार, १०० भन्दा कम मामिला मात्र रिपोर्ट गरिएको छ । हाइपरट्रिकोसिस जन्ममा देखिन सक्छ वा समयसँगै विकास हुन सक्छ ।

गोमेज परिवारले वैज्ञानिकहरूलाई सीएचजीबारे बुझ्न धेरै मद्दत गर्यो । वैज्ञानिकहरूले यो दुर्लभ अवस्थाको लागि कुन जीन जिम्मेवार छ भनेर विश्लेषण गरेका छन् । अनुसन्धानले यो अवस्था एक्स क्रोमोजोमसँग जोडिएको खुलासा गरेको छ । यसको मतलब आमाबाबुले यो अवस्था आफ्ना बच्चाहरूलाई हस्तान्तरण गर्न सक्छन् । गोमेज परिवारमा, पुरुषहरूको कपाल धेरै कडा हुन्छ र तिनीहरूको शरीरको ९८ प्रतिशत भाग ढाक्छ, जबकि महिलाहरूको कपाल अलि नरम हुन्छ ।