६ श्रावण २०८३, बुधबार
,
Latest
दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिन्नलता गीत पुरस्कार एलिना चौहानलाई



गायिका एलिना चाैहान
अ+ अ-

छिन्नलता गीत पुरस्कार गुठीले २०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले आज उक्त निर्णय गरेको हो । त्यस्तै, विशेष सम्मान वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई प्रदान गर्ने भएको छ ।

यसैगरी २०७७ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ मिलन नेवारको ‘फल बुट्टे’ बोलको गीतका लागि प्रदान गरिने भएको छ ।

गुठीले २०७६ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीको ‘तिम्रो मायामा बाँधेर राख’ बोलको गीतलाई दिने निर्णय गरेको हो ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार उक्त पुरस्कार आगामी असार २६ गते वितरण गरिनेछ ।