७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर



अ+ अ-

पाटन । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । जसमा तीन जनाको अवस्था गम्भिर रहेको छ ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र श्रीमती रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एलीसा गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् ।

उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ । सञ्जय, एलीसा र प्रीयाको अवस्था गम्भिर रहेको अस्पतालले जानकारी दिएको छ । उनीहरुको भन्टिलेटरमा उपचार भईरहेको छ । रुपा र मीत को पनि आसियूमा उपचार भईरहेको छ ।

अहिले आगो नियन्त्रणमा आईसकेको छ ।  डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा मोबिल आगोमा परेर आगालागी भएको हुनसक्ने जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।