• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

छिन्नलता गीत पुरस्कार एलिना चौहानलाई



गायिका एलिना चाैहान

छिन्नलता गीत पुरस्कार गुठीले २०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले आज उक्त निर्णय गरेको हो । त्यस्तै, विशेष सम्मान वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई प्रदान गर्ने भएको छ ।

यसैगरी २०७७ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ मिलन नेवारको ‘फल बुट्टे’ बोलको गीतका लागि प्रदान गरिने भएको छ ।

गुठीले २०७६ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीको ‘तिम्रो मायामा बाँधेर राख’ बोलको गीतलाई दिने निर्णय गरेको हो ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार उक्त पुरस्कार आगामी असार २६ गते वितरण गरिनेछ ।