• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   नेपाल–चीनबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ: उपाध्यक्ष घिमिरे ★   लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ ★   ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला ★   गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छः खानेपानीमन्त्री राई ★   शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैनः मन्त्री बुढा ★   वैदेशिक रोजगारीमा जाने ९६ प्रतिशत नागरिक ठगिएका छन्, टुलुटुलु हेरेर बस्न सक्दिनँः मन्त्री अर्याल ★   दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या ★   टी–२० विश्वकपको इतिहासमा पहिलो खेल खेलेका वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दै ★   जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैन: प्रकाशशरण महत ★   प्रधानमन्त्री बलियो हुनुहुन्छ, उहाँकै कमाण्डमा देश अघि बढ्छ: महेश बर्तौला

भक्ति थापालाई न्याय !



 ७३ वर्षको उमेरमा रणमैदानमा उभिएर शक्तिशाली शत्रु सेनाको सशक्त प्रतिकार गर्ने सर्दार भक्ति थापा नेपाली सैनिकका लागि मात्र नभएर विश्वका आम सैनिकका लागि प्रेरक हुन ।

उच्च साहस र शौर्यका पर्याय हुन् । नेपाल राष्ट्रको अखण्डताका लागि उच्च शौर्य र अथाह पराक्रम प्रदर्शन गर्ने भक्ति थापा आजसम्म नेपाली सैनिकका प्रेरणा र देशवासीबीच राष्ट्रप्रेमका उदाहरण बनिरहेका छन् ।

 भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।  ढिलै भएपनि नेपाल सरकारले भक्ति थापाको शौर्य र पराक्रमको कदर गर्दै विभूति घोषणा गरेर एउटा मात्र भए पनि असल काम गरेको छ ।

को हुन त भक्ति थापा ?

जन्म, नामाकरण, परिवार, बंश, सेैनिक सेवामा प्रबेश

भक्ति थापा पहिले लमजुङ दरबारका भारदार थिए । यिनको जन्म वि.सं. १७९८ मा लमजुङमा भएको थियो ।  लमजुङका राजा वीरमर्दन शाह (वीरनारायण शाह, वि.सं. १८०२–१८३९) को सेनाबाट यिनले सैनिक सेवा सुरु गरेका थिए । भक्ति थापा षस थापा क्षत्री हुन् । लेखक बालचन्द्र शर्माले आफ्नो पुस्तक ( नेपालको ऐतिहासिक रुपरेखा, तेस्रो संस्करण, भारत : कृष्णकुमारीदेवी, वाराणसी १, २०३३, पृ. २६९ ) मा यिनलाइ गोदार वंशका थापा उल्लेख गरेका छन् । यिनको बाबुको नाम अमरसिंह थापा र बाजेको नाम प्रताप थापा हो ।

त्यसताका लमजुङ र गोरखाको राजपरिवार र दरबारनिकट भारदारहरु हाल भारतमा पर्ने तर नष्ट भएको राज्य मेवाडका राजा महाराणा प्रतापसिंहको वीरताबाट ज्यादै प्रभावित थिए । महाराणा प्रतापसिंहको छोराको नाम अमरसिंह थियो । यी राजा र राजकुमारले इस्लामिक सेनासंगको युद्धमा लड्दालडदै वीरगति पाएका र राजपरिवारका महिलासदस्यले अग्निमा जलेर आत्मदाह (जौहर) गरेका थिए ।

यो उच्चतम् वीरताबाट प्रभावित लमजुङ दरबार आसा गर्नलायक भारदारका सन्तानको नाम प्रताप र अमरसिंह राख्न मन पराउंदथ्यो । वीर भक्ति थापाका पिताको नाम अमरसिंह र बाजेको नाम प्रताप पाइनु यसैको उदाहरण हो ।

मेवाडका महाराणा प्रतापसिंहको वीरताबाट गोरखाका राजा पृथ्वीनारायण शाह पनि प्रभावित थिए । उनले आफ्ना छोरा राजकुमारको नाम उनैको स्मृतिमा प्रतापसिंह राखेका थिए । शाहले आफ्ना बिश्वासि भारदार भीमसिंह थापाको बि.सं.१८०८ मा जन्मेका छोराको नाम अमरसिंह राखिदिएका थिए । उनै अमरसिंह पछि बडाकाजी अमरसिंह थापा कहलाए ।

गोर्खाली सेनाको कैदमा

गोर्खा राज्यको नेतृत्वमा नेपाल एकीकरणअघि गण्डकी क्षेत्रको चौबीसे राज्यमध्येको एक शक्तिशाली राज्य, लमजुङे सेनाका बहादुर र वीर सेनानायक भक्ति थापालाई वि.सं.१८३८–३९ मा पर्वत, लमजुङ, तनहूँ“ राज्यका संयुक्त चौबिसे सेनासँग भएको युद्धमा सेनापति रहेका पर्वतका काजी बलिभन्जन मल्लसँगै गोरखाली सेनाले पक्राउ गरी कैद गर्यो । संयुक्त चौबिसी सेनाका सेनापति पर्वतका काजी बलिभन्जन मल्ल र लमजुङका प्रभावशाली सेनानायक भक्ति थापा पक्राउ परेपछि चौबिसी सेनामा भागाभाग मच्चियो ।

गोर्खाले युद्ध जित्यो । पक्राउ परेका पर्वतका सेनापति बलिभन्जन मल्ल गोरखाली सेनाको कैदमा मरे । लमजुङका भक्ति थापा गोर्खाली सेनाका तर्फबाट सेनापतिका रूपमा सो युद्ध लडेका सर्दार अमरसिंह थापा (पछि बडाकाजी भनिएका) को प्रयासमा गोर्खाली सेनामा प्रवेश गर्न मन्जुर भएकाले अब यिनी नेपाली सेनामा रहेर सेवा गर्न थाले । त्यसबेला लमजुङका राजा वीरमर्दन शाह थिए । त्यसपछि तनहूँ“ र लमजुङ नेपालमा विलय भएका थिए ।

नेपाली सेनामा

गोरखाली अर्थात् नेपाली सेनाको कैदबाट मुक्त भई नेपाली सेनाको सेवा स्वीकार गरेपछि भक्ति थापाले केही वर्ष युद्धमा भाग लिएको पाईंदैन । यिनी वि.सं. १८४६ असोजमा नेपालले जुम्ला विजय गर्न खटाएको सैनिक टोलीका नेतृत्वकर्ता सर्दार (पछि काजी) शिवनारायण खत्रीसँग जुम्ला कव्जा गर्न खटिएर गएका र शिवनारायण खत्रीले भक्ति थापालाई सुबेदार पद दिई, दुल्लु (दैलेख) तर्फबाट जुम्लाको राजधानी छिनासिम विजय गर्नेक्रममा एक टोली सैनिकको नेतृत्व दिएर घेराउ गर्न खटाएको बाबुराम आचार्यले उल्लेख गरेका छन् । तर नेपालको सैनिक इतिहास, तुलसीराम बैद्य र अरु, बि.सं.२०४९ का अनुसार भक्ति थापालाई नेपाली सेनामा सर्वप्रथम ‘सुवाङ्गी’ पद मिलेको अनुमान गरिएको छ ।

पश्चिम बिजय अभियानमा

वि.सं. १८४२ मा बहादुर शाहले राजा रणबहादुर शाहको नायव सम्हालेपछि पृथ्वीनारायण शाहले थालनी गरेको एकीकरण अभियान अघि बढाउन पश्चिमतर्फ राज्य विस्तार थाले । त्यसका लागि उनलाई लडाकु योद्धाहरूको आवश्यकता पर्न गयो । प्रारम्भमा लमजुङको सेनामा सेवारत भक्ति थापा नेपालको सिन्दुर पहिरेर नेपाली सैनिक बनेर, नेपाल एकीकरण अभियानका युद्धमा भाग लिनथाले ।

वि.सं. १८४६ मा भएको जुम्ला विजयमा यिनको भूमिका महत्वपूर्ण थियो । यसपछि थापा पश्चिम विजय अभियानमा निरन्तर सहभागी भए । यिनको वीरता र इमान्दारीबाट बहादुर शाह र पछि राजा रणबहादुर शाह खुशी थिए । वि.सं. १८४६ मा जुम्ला अधिन त भयो तर नेपालको केन्द्र कमजोर हुनासाथ त्यहाँ नेपालविरुद्ध विद्रोह हुने सम्भावना थियो । जुम्लामा नेपालको शासन सुव्यवस्था कायम गर्न भक्ति थापालाई मुख्य जिम्मेवारी दिइयो । एक वर्षपछि त्यहाँ“ भएको विद्रोह दबाउन उनी सफल भए ।

पश्चिमका क्षेत्रहरू नेपालमा मिलाउने अभियान जारी रहेको त्यसबेला नेपालबाट विजित डोटीमा भएको विद्रोह दबाउन पनि भक्ति थापालाई खटाइएको थियो । त्यहाँ“को विद्रोह दबाउन पनि भक्ति थापा सफल भए ।

पश्चिम विजयका क्रममा नेपालले गढवाल र सिरमौर विजय गरेको थियो । सिरमौर र नेपालकाबीच गढवालको राजधानी श्रीनगरमा सन्धि भएको थियो । सो सन्धिमा नेपालका तर्फबाट भक्ति थापाले हस्ताक्षर गरेका थिए । जुम्लापछि भक्ति थापा श्रीनगरमा रहेर नेपालको तर्फबाट त्यताको शासन व्यवस्था कायम राख्ने अधिकारी नियुक्त भएका थिए । भक्ति थापालाई वि.सं. १८५१ मा सुबेदारबाट सर्दार पदमा पदोन्नति गरिएको थियो ।

पदोन्नतिका साथै भक्ति थापालाई उनीबाट भएको काम र इमान्दारीको मूल्याङ्कन गरी लमजुङको सतार भन्ने स्थानमा नेपाल राज्यका तर्फबाट केही धानखेत विर्ता समेत दिइएको थियो । सर्दारमा पदोन्नतिसँगै भक्ति थापालाई पश्चिमको विजित क्षेत्र कुमाउको हाकिम नियुक्त गरिएको थियो । पश्चिमको शासक नियुक्त हँुदा उनलाई नेपाल राज्यकातर्फबाट आफ्नो क्षेत्रमा कार्य गर्न प्रशस्त अधिकार प्रदान गरिएको इतिहास लेखकहरूले उल्लेख गरेका छन् ।

भक्ति थापाले त्यस क्षेत्रमा कठोर शासकको छवि बनाएका थिए । भक्ति थापाको कडा स्वभाव र व्यवहारबाट विजित क्षेत्रका जनता भित्रभित्रै नेपालसं“ग असन्तुष्ट बन्दै गएका थिए ।

कुमाउ, अल्मोडा, सिरमौरतर्फका शासक छँदा उनका मुख्य सहयोगी जसिवन्त भण्डारी र सुब्बा अजय खवास थिए । कुमाउको राजपरिवारमा खटपट हुदाँ त्यहाँबाट नेपाल दरबारमा कूटनीतिक पत्रहरूमार्फत् पश्चिम नेपालका स‐साना राज्यको हालखबर नियमित पठाएर नेपाल दरबारलाई उनले खुशी बनाएका थिए । त्यताको अवस्था बिग्रिदाँ नेपाललाई ती राज्यमाथि आक्रमण गर्न पनि उपयुक्त अवसर मिलेको थियो ।

पश्चिमको सतलज पारिको काँगडा, सिरमौर लगायतका स्थानमाथि नेपाली सेनाका सेनानायक बडाकाजी अमरसिंह थापाको नेतृत्वमा नेपाली सेना परिचालित हुं“दा उनका विश्वासी सहयात्री सर्दार भक्ति थापा नै थिए ।

वि.सं. १८५१ मा सुबेदार पद पाएका भीमसेन थापाका पिता (पछि जनरल) अमरसिंह थापा सर्दार भक्ति थापा मातहतमा कुमाउ क्षेत्रमा खटिएका थिए ।

वि.सं. १८६७ ताका भक्ति थापा सर्दार पदमै रहँदा छोरा सर्बजित र श्रीमतीको मृत्यु शोक सहन पर्यो । भक्ति थापा पारिवारिक वियोगका बेला पनि कर्तव्यपथमा लागि नै रहे । उनलाई नेपाल सरकारले विश्वास गरी कुमाउ र सिरमौरको ५ कम्पनी सेनाको तैनाथी दिनुका साथै वार्षिक पा“च हजार खान्गी दिन थालेको थियो ।

भक्ति थापा धर्मप्रति आस्थावान थिए । उनले पश्चिमबाट काठमाडौँ फर्कदा बाटोमा पर्ने कास्कीको देउराली उकालीमा पौवा बनाएका थिए । उक्त पौवाको संरक्षणका लागि नेपाल सरकारको स्वीकृतिमा थापाले सोही क्षेत्रको पायक पर्ने स्थानको धानखेत गुठी समेत राखेका थिए ।

नेपाल–अंग्रेज युद्धमा वीरगति

वि.सं. १८७१–७२ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा पश्चिमतर्फका नेपालका कमाण्डर बडाकाजी अमरसिंह थापाका मातहतमा रहेर दिलोज्यानले युद्ध लडेका वीर सेनानायक भक्ति थापा ७३ वर्षको बृद्ध उमेरमा समेत उत्तिकै जोश, जां“गर र उत्साहका साथ युद्ध मैदानमा अहोरात्र समर्पित थिए । कुमाउ क्षेत्रमा अङ्ग्रेज सेनाका कमाण्डर गार्डनर नेपाली भूमि विजय गर्दै अघि बढिरहेका थिए ।

मलाउ किल्लाको फेदीमा सैनिक छाउनी राखेर अङ्ग्रेज सेनाका जनरल अक्टरलोनी नेपाली सेनामाथि जाइलाग्ने तरखरमा थिए । अङ्ग्रेज सेनाले तारागढी, चम्बीगढी, जितेर सूर्यगढी हात पार्न प्रयास गरिरहेको थियो । करिब ९०० सैनिकसहित भक्ति थापा सो गढीको रक्षार्थ तैनाथ थिए ।

अङ्ग्रेज सेनाका मेजर हेनेज, कप्तान हेमिल्टन, टामस आदि कमाण्डरका साथ जनरल अक्टरलोनीको सैनिक टोली सेनानायक अमरसिंह थापाको सैनिक टोलीलाई राजगढमा अल्मल्याएर भक्ति थापाको टोलीमाथि जाई लागिरहेको थियो । अङ्ग्रेज सेना देउथलको टिप्पातर्फ बढिरहेको थियो । अंग्रेजले देउथलको टिप्पा कव्जा गरेमा नेपाली सेनालाई तत्काल अप्ठेरो पर्दथ्यो । अमरसिंह थापा सहितका कमाण्डरहरूको आपसी छलफलपछि करिब ३०० सैनिक लिएर सो को नेतृत्व गर्दै ७३ वर्षको उमेरमा भक्ति थापा रातको समयमै देउथलतर्फ अघिबढे ।

त्यसै समय शत्रु सेनाको किल्लाबाट हानेको तोपको गोला वर्षन थाले । अङ्ग्रेज सेनाको प्रतिकार गर्दै अघिबढेका भक्ति थापा नेतृत्वको टोली अङ्ग्रेज सेनाको किल्लानजिकै पुगेर वीरताकासाथ खुकुरी नचाउँदै जाइलागे । यत्तिकैमा शत्रु सेनाकातर्फबाट छुटेको तोपको गोला छातीमा लागेर वीर भक्ति थापा ढले । त्यो दुखद् दिन १६ अप्रिल सन् १८१५ को थियो । भक्ति थापा ढलेपछि नेपाली सेना तितरवितर भयो ।

जिवित छउन्जेल १ इन्च भूमी गुमाउन दिएनन्

भक्ति थापा जिवित छउन्जेल नेपालले आक्रामक युद्ध लडिरहेको थियो । उनको मृत्युपछि नेपालले रक्षात्मक युद्ध लड्न बाध्य भयो । स्मरणीय कुरा के छ भने ः भक्ति थापा जीवित छउन्जेल नेपालले कुनै भू‐भाग गुमाएको थिएन । उनको वीरगतिपछि नेपालले लगातार नेपाली सेना पराजित हुनथाल्यो, फलतः धेरै जमिन गुमायो । पश्चिमतर्फका नेपाली सेनाका कमाण्डर बडाकाजी अमरसिंह थापा भक्ति थापाको अवसानपछि मर्माहत बने ।

बडाकाजी अमरसिंह थापासंग विमति

कतिपय लेखकका अनुसार नेपाल–अंग्रेज युद्धका समय पश्चिमतर्फका नेपाली सेनाका कमाण्डर बडाकाजी अमरसिंह थापा र भक्ति थापाबीच मेल थिएन । लेखक एवम् सैनिक इतिहासका जानकार डा.प्रेमसिंह बस्न्यात (अ.प्रा.सहायक रथी, नेपाली सेना) का अनुसार जीवनको अन्तिम कालखण्डमा भक्ति थापा बडाकाजी अमरसिंह थापाको युद्ध रणनीतिसंग असन्तुष्ट थिए । अंग्रेज सेनाको निरन्तरको आक्रमणको प्रतिकार गर्ने र उचित रणनीति अवलम्बन गर्नेक्रममा अमरसिंह थापा र भक्ति थापाबीच विवाद थियो ।

अंग्रेज सेनाले एकपछि अर्काे नेपाली भूमी बिजय गरेको तर सो को प्रतिकार गर्न कमाण्डर बडाकाजी अमरसिंह थापाले आदेश नदिएको र सम्भाव्य प्रयास नगरेकोप्रति भक्ति थापाले अमरसिंह थापासामु प्रष्टसंग विमति राखेका थिए । अमरसिंह थापाको असहयोग हुंदाहुंदै भक्ति थापा आफु मातहतमा रहेका सिमित सेना र हतियार लिएर अंग्रेज सेनाको प्रतिकार गरेर नेपाली भूमी जोगाउन रातको समयमा युद्धस्थलमा डटेका थिए ।

क्षत्रीय धर्मका सच्चा पालक

भक्ति थापा क्षेत्रीय कुलमा जन्मिएका साहसी योद्धा थिए । पूर्वीय समाजमा क्षेत्रीयहरूले धर्म, संस्कृति र जातीय अस्तित्व रक्षार्थ युगौँपूर्वदेखि गौरवपूर्ण युद्धमा आपूmहरूलाई समर्पण् गर्दै आएका छन् । वैदिककाल र त्यसपछिका हजारौँ वर्षका इतिहास अध्ययन गर्दा थाहा हुन्छ, क्षेत्रीहरू बृद्ध भएर, रोग र अशक्तताले ओछ्यानमा थलिएर मृत्युवरण गर्नुलाई अपमान ठान्दथे । उनीहरू युद्धमा लड्दालड्दै मृत्युवरण गर्नुलाई गौरव अनुभव गर्दथे । वीर भक्ति थापाले क्षेत्रीय कुलको यही शाश्वत मतलाई चरितार्थ तुल्याएर आपूmलाई अमर बनाए ।

अंग्रेज सेनाका कमाण्डरहरू युद्धमा वीर भक्ति थापाको वीरताबाट ज्यादै प्रभावित बने । जनरल अक्टरलोनीले भक्ति थापाको शव खोजेर उनको वीरताको कदर गर्दै दोसल्ला ओढाएर एक टोली सैनिकसहित नेपाली सेनाका सेनानायक अमरसिंह थापा समक्ष पठाएका थिए । भक्ति थापाको सोही इलाकामा अन्त्येष्टि गरिएको थियो । उनका दुई श्रीमती सती गएका थिए । बृद्ध भक्ति थापाको जोश, उनको देशभक्ति र निडरपनबाट अंग्रेजहरू अत्यन्त प्रभावित बनेका थिए ।

सरदार भक्ति थापाको मृत्युपछि नेपाल र नेपाली सेनालाई अपूरणीय क्षति भयो । त्यसपछि नेपाली सेनाले एकपछि अर्काे क्षेत्र गुमाउँदै गयो । भक्ति थापाको वीरगतिपछि यमुना नदीबाट पश्चिमको भू–भाग नेपालले गुमाउन बाध्य भयो । करिब ७०० नेपाली सैनिक हताहत भए । अंग्रेजतर्फ पनि धेरै क्षति त भयो तर नतीजा उसकै पक्षमा गयो ।

लेखकको पुस्तक : सुबेदार, सैनिक सङ्गठनको गौरव, काठमाण्डौं : शारदादेवी खड्का, २०७४, पृ. १५८–१६३ बाट साभार ।