३० श्रावण २०८३, शनिबार
,
Latest
निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल पाटन बारको अध्यक्षमा निरौला विजयी विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक



अ+ अ-

काठमाडाैँ । नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले पुष्टि गरेको छ । काठमाडाैँमा आज एक्सनएडले सार्वजनिक गरेको प्रतिवेदनमा १३ जिल्लाका ३६१ प्रतिवेदनमा ६६ दशमलव २ प्रतिशतले ज्याला नै नपाएको र ७३ दशमलव ४ प्रतिशत श्रमिकले आंशिक ज्याला प्राप्त गरेको उल्लेख छ ।

तेह्र जिल्लाका ३६१ जना श्रमिकबीच सर्वेक्षण गर्दा ९३ दशमलव १, लिखित सम्झौता नभएको, ८९ दशमलव २, औपचारिक उजुरी नपरेको, २४ दशमलव ९, ढिलो भुक्तानी पाएका छन् भने १८ दशमलव ० प्रतिशतले सहमत दरभन्दा कम ज्याला पाएका छन् । पुरुषका तुलनामा महिलाले ३१ दशमलव १ प्रतिशतले कम ज्याला पाउने अवस्था प्रतिवेदनले देखाएको छ ।

असमान ज्यालाको समस्याबाट पुरुषको तुलनामा महिला श्रमिकले ३ दशमलव ५ गुणाबढी प्रभावित हुनुपरेको छ । ठेकेदार, प्रमुख रोजगारदाता र उच्च शोषणको केन्द्र हुने गरेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । ५७ दशमलव ३ प्रतिशत श्रमिकले ठेकेदारमार्फत ज्याला प्राप्त गर्ने, ठेकेदारमार्फत काम गर्ने श्रमिकमा लिखित सम्झौता दर ६ दशमलव ९ मात्रै रहेको र विचौलियामार्फत जोडिएका श्रमिकमा लिखित सम्झौता दर शून्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमाथि टिप्पणी गर्दै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का उपमहासचिव नारायणनाथ लुइँटेलले अनौपचारिक श्रमिक क्षेत्रमा ज्यालामा ठगी गरिएको बताउनुभयो । एक्सनएड अन्तरराष्ट्रिय नेपालका कार्यक्रम, नीति तथा व्यवसाय विकास, प्रमुख सरोज पोखरेलले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले पर्याप्त ठगीको प्रमाण जुटाउनसक्ने स्थिति नभएकाले न्याय पाउन चुनौती थपिएको राय व्यक्त गर्नुभयो ।