२५ भाद्र २०८३, बिहीबार
,
Latest
जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ



अ+ अ-

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहले उद्योगमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति कार्यालयले साहलाई उद्योगमन्त्री नियुक्त गरेपछि उनले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त थियो । यादवको राजीनामापछि सरकारले साहलाई उद्योगमन्त्रीका रूपमा सिफारिस गरेको थियो ।

मन्त्री नियुक्तिको तयारी भएपछि साह निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएका थिए । राष्ट्रपति कार्यालयमा उनको नाम सिफारिस गरिएसँगै नियुक्ति प्रक्रिया अघि बढाइएको थियो ।