२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम



अ+ अ-

काठमाडौं। ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

सभाको बिहीवारको बैठकले कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राखेको उक्त प्रश्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यसअघि उक्त प्रश्तावमाथि छलफल भएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले एसियाली राष्ट्रहरुको विधायिकी तथा कानूनी क्षेत्रमा सहकार्य र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त गर्नु परिषद्को सदस्यता प्राप्त गर्नुपर्ने मुख्य कारण भएको बताउनुभयो ।

उहाँले एसियाली मुलुकहरु भूगोल, रहनसहन र संस्कृति एकआपसमा अनुभव आदानप्रदान गरेर भूगोलअनुसारको कानून निर्माण गर्न सहज हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नुपर्ने मुख्य कारण भनेको एसियाली राष्ट्रहरुको विधायिकी तथा कानूनी क्षेत्रमा सहकार्य र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त गर्नु हो । पछिल्लो सन्दर्मा एसियाली मुलुकहरु भूगोल, रहनसहन र संस्कृति पनि उस्तै उस्तै भएको कारण कानून निर्माण गर्दा पनि भूगोल सुहाउँदो कानून निर्माण गर्न सहयोग पुग्नेछ । र त्यहाँबाट आदानप्रदान हुने अनुभवहरु बाध्यकारी हुने होइनन् । आफूलाई उपयुक्त र सान्दर्भिक सुझाव र अनुभवका आधारमा कानून निर्मण गर्न सकिन्छ । त्यसमा आबद्ध हुँदा छलफलमा सहभागि हुन लाग्ने खर्च मात्र हुन् । त्योभन्दा अरु खर्च गर्नु पर्दैन । कानून निर्माणलाई सशक्त बनाउनको लागि यो संस्थाको आवश्यकताका आधारमा यस सहमतिपत्रमा हस्ताक्षर गर्न उपयुक्त नै देखिन्छ ।’

उक्त प्रश्ताव स्वीकृत भएसँगै प्रश्तावमा संशोधन प्रश्ताव दर्ता गर्ने बाटो खुलेको छ ।