२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०औं एसियाली खेलकुदमा खेलाडीको मिहेनतले देशको शीर उचो हुने आशा व्यक्त गरेका छन् ।

जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदको बिदाइ कार्यक्रममा बिहीबार मन्त्री पोखरेलले खेलाडीको मिहेनतकै कारण एसियाली खेलकुदमा देशको शीर उचो हुने आशा व्यक्त गरेका हुन् ।

नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्वपूर्ण पक्ष रहेको मन्त्री पोखरेलको धारणा छ ।

पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने मन्त्री पोखरेलले बताएका छन् ।

उनले निर्धक्क भएर खेल्न र जापानमा देशको शीर ठाडो पार्नेमा आफू विश्वस्त रहेको धारणा राखे । खेलाडीले जस्तोसुकै नतिजा पाए पनि राज्यले गर्ने व्यवहारमा परिवर्तन नहुने मन्त्री पोखरेलले विश्वास व्यक्त गरेका छन् ।

उनले राज्यको सीमित लगानीबाट खेलाडीले अहिलेसम्म प्राप्त गरेको उपलब्धि नै सह्रानीय रहेको बताए । मन्त्री पोखरेलले २१ खेलका ५७ महिला र ७८ जना गरी कुल १३५ खेलाडीले एसियन गेम्समा सहभागिता गर्ने सुनिश्चित भएको बताए । नेपालबाट यसपल्ट एसियाली खेलकुदमा २११ जनाले देशलाई प्रतिनिधित्व गरेर जाने मन्त्री पोखरलेको भनाइ छ ।

आगामी २०औं एसियाली खेलकुदमा आगामी सेप्टेम्बर १९ तारिखदेखि अक्टोबर ४ तारिखसम्म जापानको नागोयामा शहरमा आयोजना हुँदै छ । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजिक एक कार्यक्रमका बीच विभिन्न खेलका खेलाडीलाई बिदाइ गरिएको थियो ।

मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्यसचिव रामचरित्र मेहताले नेपाली टोलीको बिदाइ गरेका थिए । करातेको टोली भने गत साता नै एसियन गेम्सको तयारीका लागि टोकियो गइसकेको छ । उक्त कार्यक्रममा एथलेटिक्सकी खेलाडी सन्तोषी श्रेष्ठले सबै खेलका खेलाडीले पदक जित्ने विश्वास गरिरहँदा एथ्लेटिक्सलाई पनि प्रोत्साहन मिल्ने गरेको बताइन् ।

सबैको राम्रो तयारी भएकै कारण पदक जित्ने आशा बढेको उनको विश्वास छ । नतिजा जेसुकै आए पनि आफ्नो तयारी र प्रोसेसअनुरुप एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने सन्तोषीले विश्वास व्यक्त गरेकी छन् । जति बढे पनि परीक्षा आएपछि विद्यार्थीलाई तयारी नपुगेको महसुस भएजस्तै खेलाडीलाई पनि सदैव हुने गरेको उनी बताउँछिन् । खेलाडीहरूबाट पदकको आशा धेरै नराखी उनीहरूमा दबाब कम गराउन सन्तोषीले आग्रह गरिन् । दबाब कारण खेलाडीले आफ्नो स्वाभाविक खेल देखाउन नसक्ने सन्तोषीको भनाइ । यद्यपि सबै खेलाडीले आफ्नो उत्कृष्ट दिँदै पदक, कीर्तिमान र व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

उसुका खेलाडी विजय सिन्जालीले एसियन गेम्समा प्रतिस्पर्धा गर्न सबै खेलाडी तयार भए पनि यो पर्याप्त नभएको बताए । यद्यपि, उत्कृष्ट मिहेनत गरेर पदक जित्ने उनको विश्वास छ । पदक जित्ने लक्ष्य भए पनि अन्य देशको तुलनामा तयारी पर्याप्त नभएको महसुस खेलाडीले गरेको उसुका खेलाडी विजयले बताएका छन् ।

२०औं एसियाली खेलकुदको उद्घाटन असोज ३ गते नागोया शहरमा हुने तयारी छ । यसपल्ट गत संस्करण पदक दिलाएको नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुँदैछन् । लामो समयदेखिको तयारी र पछिल्ला नतिजाका कारण यसपल्ट सुखद नतिजा आउने आशा छ ।

नेपालबाट आर्चरीमा १÷१ पुरुष÷महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २÷२ पुरुष÷महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष÷महिला हुनेछन् ।

त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३÷३ पुरुष÷महिला, कबड्डीमा १२–१२ पुरुष÷महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १÷१ पुरुष÷महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३÷३ पुरुष÷महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ७ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । डान्स एन्ड स्पोर्ट्सको विधा हटाइएको छ ।