३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने



अ+ अ-

एजेन्सी । आमिर खान हालै ‘द ग्रेट इन्डियन कपिल शो’ मा देखिएका थिए । कार्यक्रममा उनले आफ्नो जीवनका धेरै कथा सुनाए ।

कपिल शर्माले यस एपिसोडको पछाडिको दृश्य भिडियो सेयर गरेका छन् । दर्शकमा बसेका एक व्यक्तिले आमिरलाई शाहरुख–सलमानसँग कहिले फिल्म गर्ने भनेर सोधे ।

त्यसमा आमिरले भने, ‘मेरो दिमागमा जे थियो, त्यो तिमीले खोस्यौ । केही दिनअघि मैले शाहरुख र सलमानसँग यस विषयमा कुरा गरेको थिएँ । मैले सलमान–शाहरुखलाई भनें कि हामीले सँगै फिल्म गर्नुपर्छ । हामीले सँगै फिल्म नगरेको भए फ्यानका लागि गलत हुनेछ ।’

आमिरले भने, ‘हामी तीनै जना फिल्म गर्न तयार छौं । राम्रो कथाको पर्खाइमा ।’ उनले हालै सलमान उनको घरमा आएको बताए । यस एपिसोडमा आमिरले लगाएको जिन्स सलमानले उनको लागि ल्याएका थिए । उनले भने कि सलमान प्रायः आफ्नो लागि कपडा ल्याउँछन् ।

अर्का एक व्यक्तिले ५९ वर्षको उमेरमा जवान देखिने आमिरको प्रशंसा गर्दै उनको फिटनेसको रहस्य सोधे । यसमा आमिरले भने– ‘यसमा मेरो कुनै हात छैन । यसको श्रेय म आफैलाई दिन्नँ । किनकी म त्यस्तो खास काम गर्दिन ।’