• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या



श्रीनगर  ।भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । विवादित काश्मिर क्षेत्रमा राष्ट्रिय निर्वाचनका लागि प्रचार भइरहेको छ ।

अज्ञात सङ्ख्यामा सशस्त्र आतङ्कवादीहरूले ‘एस्कर्ट’ मा आक्रमण गरेको वायुसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले श्रीनगरको मुख्य सहरबाट दुई सय किलोमिटर दक्षिणमा पहाडी पुन्च क्षेत्रमा वायुसेनाको कम्तीमा एउटा ट्रकमा स्वचालित राइफलबाट गोली चलाएका थिए । शनिबार राति गोलीबारीमा वायुसेनाका पाँच कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको थियो । मृत व्यक्ति कर्पोरल भएको पहिचान भएको छ ।

छिमेकी निर्वाचन क्षेत्रले अप्रिल १९ को भारतको आम निर्वाचनको पहिलो चरणमा भाग लिएको थियो र पुन्चका मतदाताहरूले यसै साता आफ्नो मतदान गर्ने कार्यक्रम तय गरिएको थियो तर भारतको निर्वाचन आयोगले हालका दिनहरूमा खराब मौसमका कारण मे २५ सम्मका लागि मतदान स्थगित गरेको छ ।

सन् १९४७ मा आफ्नो स्वतन्त्रतादेखि काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ । दुवैले यस क्षेत्रमाथि पूर्णरूपमा दाबी गर्दछन् तर यो विभाजित रूपमा प्रशासित छ । सन् १९८९ देखि भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारत–नियन्त्रित काश्मिरमा विद्रोह सुरु गरेका छन् । द्वन्द्वमा हजारौँ नागरिक, सैनिक र उग्रवादी मारिएका छन् ।

अशान्त काश्मिर क्षेत्रमा निर्वाचनका लागि प्रचार अभियान तीव्र भएका कारण गत महिनादेखि यस क्षेत्रमा विद्रोही गतिविधिले तीव्रता पाएको छ । अप्रिलमा पूरा क्षेत्रमा तीन भिन्नाभिन्नै झडपमा तीन संदिग्ध विद्रोही मारिएका छन् भने एक प्रहरी अधिकारी र तीन सैनिक घाइते भएका छन् ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले काश्मिरको सीमित स्वायत्ततालाई रद्द गरेर सुरक्षा नियन्त्रण बढाएपछि त्यसयता हिंसामा धेरै कमी आएको छ । भारतमा छ सातासम्म चल्ने राष्ट्रिय निर्वाचन गत महिना सुरु भएको थियो र जनु १ मा समाप्त हुनेछ ।