१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या

संदिग्ध काश्मिर विद्रोहीद्वारा भारतीय वायुसेनाका कर्पोरलको हत्या
अ अ+ अ-

श्रीनगर  ।भारत प्रशासित काश्मिरमा एउटा सैन्य ‘एस्कर्ट’ मा संदिग्ध विद्रोहीहरूले आक्रमण गर्दा भारतीय वायुसेनाका एक सदस्यको मृत्यु भएको र अन्य चार जना घाइते भएको आधिकारिक विज्ञप्तिमा जनाइएको छ । विवादित काश्मिर क्षेत्रमा राष्ट्रिय निर्वाचनका लागि प्रचार भइरहेको छ ।

अज्ञात सङ्ख्यामा सशस्त्र आतङ्कवादीहरूले ‘एस्कर्ट’ मा आक्रमण गरेको वायुसेनाले विज्ञप्तिमा उल्लेख गरेको छ । उनीहरूले श्रीनगरको मुख्य सहरबाट दुई सय किलोमिटर दक्षिणमा पहाडी पुन्च क्षेत्रमा वायुसेनाको कम्तीमा एउटा ट्रकमा स्वचालित राइफलबाट गोली चलाएका थिए । शनिबार राति गोलीबारीमा वायुसेनाका पाँच कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको थियो । मृत व्यक्ति कर्पोरल भएको पहिचान भएको छ ।

छिमेकी निर्वाचन क्षेत्रले अप्रिल १९ को भारतको आम निर्वाचनको पहिलो चरणमा भाग लिएको थियो र पुन्चका मतदाताहरूले यसै साता आफ्नो मतदान गर्ने कार्यक्रम तय गरिएको थियो तर भारतको निर्वाचन आयोगले हालका दिनहरूमा खराब मौसमका कारण मे २५ सम्मका लागि मतदान स्थगित गरेको छ ।

सन् १९४७ मा आफ्नो स्वतन्त्रतादेखि काश्मिर भारत र पाकिस्तानबीच विभाजित छ । दुवैले यस क्षेत्रमाथि पूर्णरूपमा दाबी गर्दछन् तर यो विभाजित रूपमा प्रशासित छ । सन् १९८९ देखि भारतीय शासनको विरोध गर्ने विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै भारत–नियन्त्रित काश्मिरमा विद्रोह सुरु गरेका छन् । द्वन्द्वमा हजारौँ नागरिक, सैनिक र उग्रवादी मारिएका छन् ।

अशान्त काश्मिर क्षेत्रमा निर्वाचनका लागि प्रचार अभियान तीव्र भएका कारण गत महिनादेखि यस क्षेत्रमा विद्रोही गतिविधिले तीव्रता पाएको छ । अप्रिलमा पूरा क्षेत्रमा तीन भिन्नाभिन्नै झडपमा तीन संदिग्ध विद्रोही मारिएका छन् भने एक प्रहरी अधिकारी र तीन सैनिक घाइते भएका छन् ।

सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले काश्मिरको सीमित स्वायत्ततालाई रद्द गरेर सुरक्षा नियन्त्रण बढाएपछि त्यसयता हिंसामा धेरै कमी आएको छ । भारतमा छ सातासम्म चल्ने राष्ट्रिय निर्वाचन गत महिना सुरु भएको थियो र जनु १ मा समाप्त हुनेछ ।