१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कैलालीका थारु समुुदायमा भजहरको रौनक

कैलालीका थारु समुुदायमा भजहरको रौनक
अ अ+ अ-

घोडाघोडी । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुुडियाका एक सय ७४ थारु समुुदायका घर परिवार बिहानैदेखि खुुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुुलो बनाइएको छ भने खाने कुुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुुका अबेर घर फर्र्किए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैंयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुुला आकाशमुुनि त्यसैगरी बसेर फर्के । खानेकुुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुुला चौरमा उनीहरु कुुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुुर लगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुुला चौरमुुनि बसिरहेका देखिन्छन् । वैशाख महिनामा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुुरुवा मार्फत् नव दुुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुशी पार्न पशुपंक्षीको बलि दिने, गुुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुुधराम चौधरीले जानकारी दिनुभयो । यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उहाँले बताउनुभयो । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुुँगुुर, कुुखुुरा बलि दिने गरिन्छ ।

दुुर्गालाई पूजा गरे सुुख शान्ति छाउने र कुुनै पनि महामारीले नछुुने गुुरुवा पञ्चराम चौधरी बताउनुहुन्छ । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुुदायमा दुई दिन पुुरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका वडा न ११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिनुभयो ।

भजहरको किम्वदन्ती

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुुट्टा छुुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा। रामप्रसाद चौधरी बताउनुहुन्छ । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उहाँले सुनाउनुभयो । रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात, जब रामले गर्भवती सीतालाई पुन: वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा। चौधरी बताउनुहुन्छ ।

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरुले दुुर्गाको पूजा आजा गर्ने चलन जोडिँदै गएको डा। चौधरीले जानकारी गराउनुभयो । उहाँका अनुुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुुर्गाको पुुजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुुक्त हुुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवी–देवता पुज्ने, गाउँलाई महामारीबाट मुुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेत लगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दु:ख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरी बताउनुहुन्छ । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उहाँले जानकारी गराउनुभयो ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुुसी राख्न सके परिवार र गाउँ समाज नै सुुखी हुुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबै जना जम्मा भएर एक अर्काका सुुख दुु:ख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरी बताउनुहुन्छ । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदु:खका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रही आएको छ । रासस