२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी



अ+ अ-

गण्डकी । लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् ।

पानीको स्रोत भएको स्थान खुर्वादीबाट लिफ्टिङ गरेर बर माझथरको सिरान हुडिकोटसम्म पुुर्‍याइएको पानी यहाँका ११३ घरधुरीले उपयोग गरिरहेकोमा खडेरीका कारण पानीको स्रोत कम हुन थालेको स्थानीय युवा एवम् पावनडाँडा छविसे सामुदायिक बन उपभोक्ता समूहका सदस्य परमेश्वर पौडेलले राससलाई जानकारी दिनुुभयो ।

उहाँका अनुसार उक्त योजनाअन्तर्गत हाल रहेको पानीको स्रोत खडेरीका कारण सुक्दै गएपछि दैनिक खानेपानी आपूर्तिमा समस्या आएका कारण वैकल्पिक स्रोतको खोजी गरिएको हो । “वैकल्पिक स्रोत खोज्ने क्रममा खुर्वादीको हालको खानेपानीको मूल रहेको स्थानबाट नजिकै अर्को स्थानमा पानीको स्रोत फेला परेको छ”, उहाँले भन्नुभयो, “उक्त स्थानको पानी समेत मुल ट्याङ्कीमा जम्मा गरी स्रोत बढाउन लागेका हौँ ।”

स्थानीयवासीको जनश्रमदानमा वैकल्पिक पानीको स्रोत खोजिएको पौडेलले जानकारी दिनुुभयो । लामो समयको खडेरीले ग्रामीण क्षेत्रका अधिकांश स्थानका परम्परागत पानीका मूल तथा कुवा सुक्दै गएको स्थानीयवासी बताउँछन् । ठाउँठाउँमा लागेको डढेलोका कारण कतिपय स्थानमा पानी ल्याइएका पाइप डढ्दा पनि समस्या बढ्दै गएको छ । रासस