काठमाडौँ । ठूलीभेरी नगरपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार श्वर्णकुमार बुढा विजयी भएका छन् । उनी १ हजार २ सय ८६ मतसहित विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार कर्णबहादुर रोकायालाई ३४१ मतान्तरले पराजित गरे । पराजित कर्णबहादुर रोकायाले ९४५ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा कांग्रेसकी छिरिङ टोल्मा महत ८ सय ४८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका वीरमलकुमार भण्डारीले ६ सय ८६ मत प्राप्त गरे ।









