६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी



अ+ अ-

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा ७७४९ मत ल्याएर टेकराज न्यौपाने विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत गौतमले ७०२८ मत पाए ।

उपाध्यक्षमा एमालेकै नर्मदा गौतम (पौडेल) ७६६१ मत ल्याएर विजयी हुँदा कांग्रेसकी लक्ष्मी गौतमले ७०३८ मत ल्याइन् ।