१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो मतान्तरले मन्छ्यायेमको अध्यक्षमा एमाले उम्मेदवार विजयी



अ+ अ-

काठमाडौ. । तेह्रथुमको मन्छ्यायेम गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ९एमाले० का उम्मेदवार यादवबहादुर खापुङ झिनो मतान्तरले विजयी बनेका छन् ।

अध्यक्षमा निर्वाचित खापुङले दुई हजार ५५ मत ल्याए भने पराजित नेपाली कांग्रेसका उम्मेदवार धनकुमार लिम्बुले खापुङभन्दा ३४ मत कम अर्थात दुई हजार २१ मत प्राप्त गरे ।

निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा नेपाली कांग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छिन् । उनले एक हजार ९८६ मत ल्याउँदा एमाले उम्मेदवार प्रेमलता घिमिरेले १२ मत कम अर्थात एक हजार ९७४ मत प्राप्त गरिन् ।

अध्यक्ष र उपाध्यक्षमा निर्वाचित दुवै जना यसअघिको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष रहेको बताइएको छ । अहिले दुवैले फरक दलबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।