२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

झिनो मतान्तरले मन्छ्यायेमको अध्यक्षमा एमाले उम्मेदवार विजयी



अ+ अ-

काठमाडौ. । तेह्रथुमको मन्छ्यायेम गाउँपालिकाको अध्यक्ष पदमा नेकपा ९एमाले० का उम्मेदवार यादवबहादुर खापुङ झिनो मतान्तरले विजयी बनेका छन् ।

अध्यक्षमा निर्वाचित खापुङले दुई हजार ५५ मत ल्याए भने पराजित नेपाली कांग्रेसका उम्मेदवार धनकुमार लिम्बुले खापुङभन्दा ३४ मत कम अर्थात दुई हजार २१ मत प्राप्त गरे ।

निर्वाचन कार्यालयका अनुसार उपाध्यक्षमा नेपाली कांग्रेसकी गीतादेवी तिम्सिना निर्वाचित भएकी छिन् । उनले एक हजार ९८६ मत ल्याउँदा एमाले उम्मेदवार प्रेमलता घिमिरेले १२ मत कम अर्थात एक हजार ९७४ मत प्राप्त गरिन् ।

अध्यक्ष र उपाध्यक्षमा निर्वाचित दुवै जना यसअघिको स्थानीय तह निर्वाचनमा पनि अध्यक्ष र उपाध्यक्ष रहेको बताइएको छ । अहिले दुवैले फरक दलबाट उम्मेदवारी दिएर निर्वाचित भएका हुन् ।