• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा



उदयपुर मुख्य निर्वाचन अधिकृतको कार्यालय

उदयपुर । निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या आएको कारण जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

शनिबार काम गरिरहेको बेला बेहोस भएपछि निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै खनालले निर्वाचन आयोगसमक्ष राजीनामा दिएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि र कटारी नगरपालिका–१० मा मतदान सम्पन्न भएपछि भएको विवादमा प्रहरीको गोली लागि एक युवाको मृत्यु भएपछि खनाल तनावमा रहेको जनाइएको छ ।