• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

भरतपुरमा पछि परिन् रेनु



चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । स्थानीय तहको निर्वाचनमा यसअघि अग्रता कायम राख्दै आएकी नेकपा (माओवादी केन्द्र) की दाहाललाई नेकपा (एमाले) का मेयर उम्मेदवार विजय सुवेदीले उछिनेका हुन् ।

पछिल्लो मतगणनाअनुसार सुवेदीले एक हजार ६११ मत ल्याउँदा दाहालले एक हजार ५४१ मत पाएकी छिन् ।

उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले एक हजार ७७५ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवारले एक हजार २४२ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धन र एमाले–राप्रपाबीच चुनावी तालमेल छ ।