१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङका चार वटा तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसलाई दुई-दुई



अ+ अ-

काठमाडौं । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई-दुई गाउँपालिका अध्यक्षमा जित हात पारेका छन् ।

कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् भने नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।

यसैगरी, एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् भने मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका छन् ।