१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी



अ+ अ-

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ । ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गर्नुभएको थियो । उहाँ यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित हुनुभएको थियो । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए । रासस