२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको सहयोगका लागि पाकिस्तानी प्रधानमन्त्रीको आग्रह



अ+ अ-

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष आग्रह गर्नुभएको प्राप्तमा समाचारमा जनाइएको छ । 

उहाँले सयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै सो आग्रह गर्नुभएको हो । उहाँले सयुक्त राष्ट्रसंघको ७६ औ सभालाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो । उहाँले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देशलाई सहयोग गर्न अब पनि पछि पर्ने हो भने यसबाट विश्व समुदायलाई नै पछि पछुतो हुने पनि बताउनुभएको हो । 

उहाँले अहिले अफगानिस्तानमा मानवीय सहयता चाहिएको र देशको आर्थिक अवस्था पनि निकै गम्भीर रहेकाले आगामी दिनमा यो संवेदनशीलता बुझेर विश्व समुदायले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले सो सम्मेलनलाई गर्नुभएको सम्बोधनमा भन्नुभएको छ– यदि अहिले नै हामीले अफगानिस्तानको अप्ठेरो अवस्था बुझ्न सकेनौँ, मनन गर्न सकेनौँ भने अर्को वर्षसम्ममा अफगानिस्तानको अवस्था निकै नै गम्भीर भइसक्ने छ । 

उहाँले अर्को वर्ष सम्ममा अफगानिस्तानका कम्तीमा पनि ९० प्रतिशत नागरिक गरिबीको रेखामुनि परिसक्ने पनि उहाँले बताउनुभयो । उहाँले यहाँको अवस्था निकै नै बिग्रिँदो रहेको र अहिले पनि देश आर्थिक रुपमा कमजोर हुदै गएकाले यस विषयमा सबैले चनाखो भएर काम गर्नुपर्ने पनि बताउनुएको थियो । (रासस-सिन्ह्वा)