११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकामा रनिल विक्रमासिङ्घे नयाँ प्रधानमन्त्री बन्ने



अ+ अ-

कोलम्बो । श्रीलंकामा हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति सुधारोन्मुख बन्दै गएको देखिन्छ । राष्ट्रपति गोटाबाया राजापाक्षेले कार्यकारी अधिकार त्यागेपछि युएनपीका नेता रनिल विक्रमासिङ्घेले आज प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

स्थानीय समयअनुसार साँझ ६ः३० बजे सपथ ग्रहण कार्यक्रम रहेको युएनपीले जनाएको छ । हिजो साँझ श्रीलंकाका राष्ट्रपति गोटाबाया र विक्रमासिङ्घेबीच लामो वार्तापछि यो निर्णय गरिएको हो ।

यसअघि गोटाबायाका दाजु महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । रनिल विक्रमासिङ्घे श्रीलंकाको पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।

महिन्दा राजापाक्षेले राजीनामा दिएपछि देशभर हिंसा भड्कियो र प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीको पैतृक घर जलाएका थिए । यति मात्र होइन, महिन्दाको सरकारी निवासमा पनि आगजनीको प्रयास भएको थियो ।

डेली मिररका अनुसार रनिल विक्रमासिङ्घे सपथ ग्रहणपछि कोलम्बोको एउटा मन्दिरमा जानेछन् । त्यसपछि उनले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।

यसैबीच श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको परिवार व्यापक हिंसापछि टापु राष्ट्रमा सामान्य अवस्था नआएसम्म त्रिन्कोमाली नौसेना आधारमा रहनेछन्।

महिन्दा राजापाक्षेलाई श्रीलंकाली सेनाले सुरक्षा दिने

श्रीलंकाको रक्षा मन्त्रालयका सचिव कमल गुणरत्नेले व्यापक हिंसापछि कोलम्बोबाट भाग्न बाध्य भएपछि बुधबार उक्त घोषणा गरेका थिए।

देशको अवस्था सामान्य भएपछि राजापाक्षेलाई इच्छित स्थानमा लगिने गुणरत्नेले बताए । रक्षा सचिवका अनुसार राजापाक्षे पूर्व प्रधानमन्त्रीको रूपमा जीवनको सुरक्षाको हकदार भएसम्म जतिसुकै समय लागे पनि सेनाले उनलाई सुरक्षा दिनेछ ।

राजापाक्षे, उनकी पत्नी शिरन्थी र कान्छो छोरा रोहिता सहित उनको सम्पूर्ण परिवार मंगलबार बिहान वायुसेनाको हेलिकप्टरमा प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रीबाट निस्किएका थिए।

सोमबार महिन्दाले राजीनामा दिएपछि देशमा हिंसा भड्किएको थियो । सोमबार सरकार समर्थक समूह र सरकार विरोधी प्रदर्शनकारीबीच झडप हुँदा एक सांसदसहित आठ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।

देशव्यापी कर्फ्यू बिहीबार बिहानसम्म लम्ब्याइएको छ। सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा गम्भीर आर्थिक संकटको सामना गर्दै टापु राष्ट्र हाल सरकार बिना छ।

डलरको अभाव र मुद्रास्फीतिका कारण गम्भीर आर्थिक संकटका बीचमा राजापाक्षेको राजीनामा माग गर्दै मार्च ३१ मा सुरु भएको विरोध प्रदर्शन जारी छ।

सुरक्षा अवस्थाका कारण देशमा इन्धन वितरण अस्थायी रूपमा बन्द

आन्दोलनका कारण मन्त्रिपरिषद्ले राजीनामा दिए पनि महिन्दा राजापाक्षेले आफ्नो नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरेका थिए ।

इन्धन र ग्यासको अभाव र घण्टौँ विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएर सरकारको तत्काल राजीनामा माग गरेका छन् ।

यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षेले विपक्षी दललाई सर्वदलीय सरकार गठन गर्न आग्रह गरे पनि राजपाक्षेले राजीनामा नदिँदासम्म त्यसो गर्न अस्वीकार गरेका छन् ।

वर्तमान सुरक्षा अवस्थाका कारण इन्धन डेलिभरी अस्थायीरूपमा स्थगित गरिएको सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले बुधबार घोषणा गरेको छ।