३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चकलेटले बुढ्यौलीलाई सुस्त गराउँछ र जवान राख्छ, कसरी थाहा पाउनुहोस्

चकलेटले बुढ्यौलीलाई सुस्त गराउँछ र जवान राख्छ, कसरी थाहा पाउनुहोस्
अ+ अ-

काठमाडौं । अत्यधिक गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहा छ । तर यसको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहोला । एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ । चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ । चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ ।

ब्रेन पावरः
वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ तपाईंको मानसिक क्षमतामा त्यति नै धेरै वृद्धि हुने गर्दछ ।

बुढ्यौलीको गतिमा ह्रासः 
छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।

खुसी बनाउँछः 
वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइराख्छ र यसले डिप्रेसनलाई पनि कम गर्ने गर्दछ ।

कोलेस्ट्रोलको कमीः
उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ ।

तौल घटाउँछः
एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमी गरिदिन्छ जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ ।