२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्को वर्ष आईपीएलमा फर्कँदै डिभिलियर्स !



अ+ अ-

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले आईपीएल २०२२ मा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेको छ । टोलीले हालसम्म १२ खेलमध्ये सात जितेको छ र १४ अंकसहित चौथो स्थानमा छ ।

आरसीबीका मुख्य ब्याट्सम्यान विराट कोहली भने खराब फर्मसँग लडिरहेका छन् । उनले १२ इनिङ्समा २१६ रन बनाएका छन् । जसमा एक मात्र अर्धशतक छ । टोली व्यवस्थापनको बाध्यतामा विराटले तेस्रो वा चौथो नम्बरको सट्टा ओपनिङ ओपन गर्नुपरेको छ ।

यस्तो अवस्थामा टोलीलाई मिडल अर्डरमा मिस्टर ३६० भनेर चिनिने पूर्व दिग्गज ब्याट्सम्यान एबी डिभिलियर्सको अभाव छ । डिभिलियर्सले गत सिजनपछि सबै प्रकारका क्रिकेटबाट सन्यास लिएका थिए ।

अब उनी फेरि लिगमा फर्किन सक्छन् । कोहलीले पनि यसबारे आशा व्यक्त गरेका छन् । उनले डिभिलियर्स बैंगलोरलाई कुनै भूमिकामा सामेल हुन सक्ने बताएका छन् ।

आरसीबीले गरेको पोस्टमार्फत कोहलीले भने, ‘म डिभिलियर्सलाई धेरै मिस गर्छु । म उहाँसँग लगातार कुरा गर्छु। डिभिलियर्स हालै अमेरिकामा आफ्नो परिवारसँग गल्फ खेलिरहेका थिए । उनले आरसीबीमा पनि नजर राखेका छन् र यो आशा छ कि अर्को वर्ष टोलीसँग कुनै भूमिकामा देखिनेछ ।’

यस क्रममा कोहलीले आफ्नो खराब फर्मको बारेमा पनि कुरा गरे । कोहली यो सिजन अहिलेसम्म तीन पटक शून्य रनमा आउट भएका छन् । तीनवटै डकआउट थिए । यसबारे कोहलीले भने– ‘मेरो करियरमा यसअघि कहिल्यै यस्तो भएको थिएन । त्यसैले बाहिर निस्केपछि मेरो अनुहारमा मुस्कान थियो । मैले यो खेलमा हेर्न चाहेको सबै कुरा देखेको जस्तो लाग्यो ।’

गत सिजनपछि कोहलीले कप्तानीबाट राजीनामा दिएका थिए । यसपछि फाफ डु प्लेसिसलाई आईपीएल २०२२ अघि कप्तान बनाइएको थियो । नयाँ कप्तानको बारेमा कोहलीले भने–  ‘मेरो र फाफबीच लामो समयदेखि राम्रो मित्रता रहेको छ । उनी दक्षिण अफ्रिकाको कप्तान हुनुअघिदेखि नै मेरो असल साथी थिए । फाफको आफूमा धेरै विश्वास छ र त्यही भावना मैदानमा पनि देखिन्छ ।’