२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धभूमि हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला



अ+ अ-

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि ८ करोड रुपियाँ बराबरको साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ। कम्पनीले ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ । 

निष्काशन हुने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ ।

सर्वसाधारणका लागि खुला गरिएको बुद्धभूमिको ७ लाख ४४ हजार कित्ता शेयर ७४ हजार ४ सय जनाले मात्र १० कित्ताका दरले पाउने छन् । हिजोआज खुलेका आईपीओहरुमा २४ लाख बढीले आवेदन दिन थालेका छन् । त्यसकारण उक्त कम्पनीको आईपीओमा १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त छ । 

उक्त शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।