३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडी : डिलासैनी गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा



अ+ अ-

बैतडी । प्रहरीले पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ ।

सो गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

अध्यक्षका उम्मेदवार राना र घाइते कुटपिटबाट घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीले बताए । घटनाबारे यथार्थ बुझ्न प्रहरीले रानालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

प्राध्यापक जोशीमाथि स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै राना उनका समर्थकले कुटपिट गरेको पीडित पक्षले बताएको छ । जोशीको दुवै खुट्टामा गम्भीर चोटपटक लागेको परिवारले बताएको छ ।