२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ अफर : पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज



अ+ अ-

काठमाडौं । वडादशैंको अवसरमा वर्ल्डलिङ्कले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको छ । नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैँ अफर प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ । 

कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । निकै लामो समयपछि वर्ल्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै दुई ओटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।

यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई ओटा नेटटिभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन ओटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कका अनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउनेछ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई(फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई-फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिङ्कका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई-फाईको सुविधा प्रयोग गर्न सक्छन् ।

यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाई-फाईको समस्या समाधान गर्न नयाँ मेश वाई-फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाई-फाई सेवा प्रयोग गर्न सकिन्छ ।