२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब नागरिकताको समस्या समाधान हुन्छः अध्यक्ष दाहाल



फाइल फोटो
अ+ अ-

धनुषा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ ।

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताउनुभएको हो । “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।”

अध्यक्ष दाहालले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पार्नुभयो । उहाँले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष दाहालले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि सङ्घर्ष गरिरहने बताउनुभयो ।

यसैगरी अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुखदुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताउनुभएको छ । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावीसभालाई आज सम्बोधन गर्दै उहाँले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मधेसी समुदायले, बुद्धिजीवीले यो परिवर्तनको बाहक र जनताको सुःखदुःखको साथी माओवादी केन्द्र नै हो भन्ने अब सबैतिर नयाँ चेतना र जागरण आएको छ ।” अध्यक्ष दाहालले २०७० को निर्वाचनमा मधेसबाटै लडेको र मधेसी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ । अब हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौँ, यो निर्वाचनमा मधेसले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ ।”

उहाँले कहीकतै कुनै भ्रममा नपर्न आह्वान गर्दै देशमा आमूल परिवर्तन माओवादीबाहेक अरुले ल्याउन नसक्ने दाबी गर्नुभयो ।