३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा

शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा
अ+ अ-

खोटाङ। केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लाग्ने मेला भर्न गएका बेला बिहीबार राति भएको विवादपछि कुटपिट हुँदा शिक्षक राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिक्षक राईको ज्यान जानेगरी कुटपिटमा संलग्न सुङ्देलका ११ जना रहेका प्रारम्भिक अनुसन्धानमा खुलेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

“घटनास्थलसम्म पैदल जानुपर्छ । त्यस क्षेत्रमा टेलिफोनको नेटवर्कले काम गर्दैन । घटनाका विषयमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएका छौँ । घटनास्थलबाट प्रहरी टोली फर्किएपछि थप विवरण खुल्छ । आरोपितसहित घटनालस्थलबाट हिँडेका प्रहरी टोली आज बेलुकासम्ममा जिल्ला प्रहरी कार्यालय भोजपुर आइपुग्ने अनुमान गरेका छौँ ।”

राहत कोटाको निम्न माध्यमिक तहमा कार्यरत शिक्षक राईको हत्या आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कसैको पनि अहिलेसम्म विवरण खुलाएको छैन । शिक्षक राईको हत्या सामूहिक कुटपिटबाट भएकाले घटनाका दोषी कोही पनि उम्कन नदिनेगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऋषितर्पणी पूर्णिमादेखि लगातार तीन दिन विद्यालय बिदा भएपछि सङ्खुवासभा पुगेर फर्कने भन्दै शिक्षक राई बिहीबार गाउँबाट हिँड्नुभएको विद्यालयका प्रधानाध्यापक ललितचन्द्र राईले बताउनुभयो । सङ्खुवासभाबाट फर्किएर सालपा पोखरी पुग्नुभएका शिक्षक राई बिहीबार राति गाउँलेहरूसँग बास बस्नुभएको जानकारी पाइएको उहाँको भनाइ छ ।

सालपा पोखरी नजिकै आयोजना गरिएको धार्मिक मेला भर्ने क्रममा बिहीबार दिउँसो सुङ्देलकै माइकल भनिने निशान राईसँग विवाद भएको प्रत्यक्षदर्शीले बताएका छन् । दिउँसोको विवादपछि राति योजनाबद्ध तरिकाले गाउँले उठाएर कुटपिट गरी शिक्षक राईको हत्या भएको मृतकका आफन्तले आरोप लगाएका छन् ।

घटना भएको क्षेत्र भोजपुर जिल्लामा पर्ने भएकाले अनुसन्धान तथा कारबाहीको सबै प्रक्रिया जिल्ला प्रहरी कार्यालय भोजपुरले गर्ने कानुनी व्यवस्था छ । घटनाका विषयमा थप सहयोग गर्नुपरेको खण्डमा जिल्लाबाट सहयोग गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । रासस