३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी

माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी
दीर्घायूकुमार श्रेष्ठ
अ+ अ-

काठमाडौँ। रसुवा बाढीका कारण जलविद्युत आयोजना तथा प्रशारण संरचनामा ठूलो क्षति पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणकाअनुसार प्रारम्भिक विवरणमा करिब ३ सय ७५ जना बेपत्ता वा सम्पर्कविहीन छन् भने ४ सय ३० मेगावाट क्षमताका करिव १५ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

प्राधिकरणले हाल हराएका कर्मचारीलाई खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर काम गरिरेको छ । सम्पर्कविहीन रहेकामध्ये कति जना सुरुङ वा संरचनाभित्र फसेका छन् र कति जनालाई बाढीले बगाएको छ भन्ने यकिन हुन बाँकी रहेको प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँकाअनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको भुमिगत पावर हाउसमा केही कर्मचारी फसेको आशंका गरिएको छ ।

श्रेष्ठले उनीहरुलाई शनिवारसाँझसम्म उद्धार गर्ने गरि तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सो आयोजनाका ४२ जना कर्मचारी सम्पर्कविहीन छन् । तीमध्ये आयोजनामा रहेका भूमिगत पावर हाउसमा ३२ देखि ३३ जनासम्म फसेको हुनसक्ने आशंका गरिएको उहाँले बताउनु भयो ।

करिव १० जनालाई भने बाढीले बगाएको स्थानीय कर्मचारी तथा सर्वसाधारणबाट जानकारी आएको उहाँको भनाई छ । बाँकी कर्मचारी भने पावर हाउसको भूमिगत संरचनाभित्र रहेको आशंका गरिएको छ । श्रेष्ठकाअनुसार पावर हाउससम्म पुग्ने मुख्य एक्सेस टनेल माटो, ढुंगा र बोल्डरले पूर्णरूपमा भरिएकाले उद्धारमा कठिनाइ भएको छ ।

हाल केबल डक्टबाट उत्खनन गर्दै भूमिगत पावर हाउसतर्फ पुग्ने प्रयास भइरहेको छ । केबल डक्टबाट करिब १० देखि १२ फिट मात्रै उत्खनन गर्न बाँकी रहेको र त्यसपछि एक्सेस टनेलमा प्रवेश गर्न सकिने जानकारी फिल्डमा रहेका प्लान्ट म्यानेजरबाट प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

एक्सेस टनेलमा प्रवेश गरेपछि पावर हाउसभित्रको वास्तविक अवस्था र त्यहाँ रहेका व्यक्तिको अवस्थाबारे यकिन गर्न सकिने उहाँको भनाई छ । शनिवार साँझसम्म उद्धार टोली पावर हाउसतर्फ पठाउनेगरि प्राधिकरणले तयारी गरिररहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार प्राधिकरणले उद्धार कार्यलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम गरिरहेको छ ।

उहाँले भन्नुभयो, ‘६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको पावर हाउस भूमिगत छ र सञ्चालनमै रहेको पावर हाउस हो । त्यहाँ सबै कर्मचारी भूमिगत पावर हाउसमा थिए, हामीलाई आशा छ, उनीहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना धेरै छ । त्यसैलाई प्राथमिकतामा राखेर हामीले हिजोदेखि युद्धस्तरमा उद्धारको काम गरिरहेका छौँ । गृहमन्त्रीज्यू पनि फिल्डमै हुनुहुन्छ । तर उद्धारका लागि हामीसँग हुनुपर्ने प्रविधि र विशेषज्ञता पर्याप्त छैन । हामीले अझै धेरै काम गर्नुपर्ने अवस्था छ । ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा रहेका ४२ जनामध्ये १० जना बगेको देखिएको भन्ने त्यहाँका कर्मचारी र स्थानीयवासीको भनाइ छ । अझै ३२–३३ जना जति भित्रै हुन सक्ने सम्भावना छ । अहिले हामी उद्धारको प्रक्रियामै छौँ । त्यस्तै, चिलिमे जलविद्युत कम्पनीको पावर हाउसमा पनि आठ जना कर्मचारीभित्रै रहेको जानकारी आएको छ । उनीहरूको उद्धारका लागि आज माउन्टेन क्लाइम्बर्सको टोलीसहित काठमाडौंबाट छुट्टै हेलिकोप्टर गएको छ । अहिलेको पछिल्लो जानकारीअनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को टनेल पूरै भरिएको छ । पावर हाउसमा प्रवेश गर्ने एक्सेस टनेल पनि माटो, ढुंगा र बोल्डरले भरिएको छ । तर केबल डक्ट, जहाँबाट केबलहरू लैजाने गरिन्छ, त्यहाँबाट मानिस छिरेर बिस्तारै एक्जाभेसन गर्ने काम भइरहेको छ । अहिले करिब १० फिट मात्रै बाँकी रहेको र त्यसपछि १०–१५ फिट अगाडि गएपछि एक्सेस टनेलमा प्रवेश गर्न सकिने जानकारी प्राप्त भएको छ । आज साँझसम्म त्यहाँबाट मानिस निकाल्न सकिने अपेक्षा गरेका छौँ । हामी भित्र छिर्न सक्ने भएपछि मात्रै अवस्था कस्तो छ, कति क्षति भएको छ र उद्धार गर्नुपर्ने अवस्था के छ भन्ने यकिन गर्न सकिन्छ । मुख्य टनेलबाट प्रवेश गर्न सकिएको छैन । त्यो पूरै माटो, ढुंगा र बोल्डरले भरिएको छ । करिब १.८ किलोमिटर लामो टनेल पार गरेपछि पावर हाउस पुगिन्छ । तर अहिले हामीले केबल डक्टबाट एक्जाभेसन गरिरहेका छौँ । त्यहाँका प्लान्ट म्यानेजर पनि फिल्डमै हुनुहुन्छ । अब करिब १०–१२ फिट मात्रै बाँकी छ, त्यसपछि एयर एक्सेस प्राप्त हुने र हामी भित्र प्रवेश गर्न सक्ने अवस्था बन्नेछ ।’

चिलिमे जलविद्युत कम्पनीको पावर हाउसमा पनि ८ जना कर्मचारी फसेको जानकारी आएकोले उद्धारको लागि टोलि परिचालन गरेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फछ टोली पठाईएको छ । कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकनसमेत गर्न नसकिएको बताउनु भयो । उहाँकाअनुसार सामान्य पहिरो तथा विपद्का घटनामा प्राधिकरणकै जनशक्ति र उपलब्ध विशेषज्ञताबाट उद्धार हुँदै आएको थियो । तर यसपटक क्षतिको परिमाण अपेक्षाभन्दा ठूलो भएकाले थप प्रविधि र विशेषज्ञ जनशक्ति आवश्यक पर्न सक्ने देखिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रारम्भिक रेक्की नै गर्न सकेनौँ । किनभने त्यहाँ जानै सक्ने अवस्था थिएन, बाढीले गरेको क्षति कति छ भन्ने ड्यामेज एसेसमेन्ट पहिला गर्नुपर्छ । त्यसपछि मात्रै कस्तो विशेषज्ञता र कस्तो तालिमप्राप्त जनशक्ति आवश्यक पर्छ भन्ने अनुमान गर्न सकिन्छ । सुरुमा हामीलाई सामान्य प्रकृतिको क्षति होला भन्ने लागेको थियो । हाम्रै जनशक्ति र विशेषज्ञताबाट पनि यस्तो अवस्थामा उद्धार गर्न सकिन्छ भन्ने अनुमान थियो । विगतमा पनि विभिन्न ठाउँमा पहिरो जाँदा हाम्रै जनशक्तिबाट उद्धार गरेका छौँ । तर अहिले क्षतिको परिमाण हामीले अनुमान गरेभन्दा निकै ठूलो देखिएको छ ।’

प्राधिकरणकाअनुसार बाढीपहिरोबाट माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, रसुवागढी जलविद्युत आयोजना, चिलिमे जलविद्युत् कम्पनी, त्रिशूली जलविद्युत् केन्द्रलगायतका आयोजनामा कार्यरत कर्मचारी, ठेकेदार, परामर्शदाता तथा चिनियाँ कामदार प्रभावित भएका छन् । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाका ४२ जना, त्रिशूली जलविद्युत केन्द्रका २ जना, देवीघाटको  १ जना, त्रिशूली–३ ‘बी’ हब सबस्टेसनका १६ जना, चिलिमे–त्रिशूली २२० केभी प्रशारण लाइन आयोजनाका २ जना, चिलिमे जलविद्युत कम्पनीका ८ जना, माथिल्लो त्रिशूली–३ ‘बी’ (३७ मेगावाट) का करिब २१३ जना र रसुवागढी जलविद्युत आयोजना करिव ९३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले उद्धारका लागि आफ्ना कर्मचारी, उपकरण तथा स्रोतसाधन परिचालन गरेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

बाढीका कारण प्राधिकरण, प्राधिकरणको सहायक कम्पनी तथा निजी क्षेत्रका गरी करिब १५ वटा आयोजना प्रभावित भएका छन् ।

श्रेष्ठकाअनुसार करिव ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट आउटेज भएको छ । यसमा करिव २५ मेगावाट क्षमताको सौर्य आयोजना पनि समावेश छ । क्षतिको विस्तृत मूल्यांकन भने तत्काल गर्न नसकिने श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार अहिलेको क्षतिको परिमाण प्रारम्भिक अनुमानभन्दा निकै ठूलो देखिएको छ ।–न्युज एजेन्सी नेपाल