३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
अ+ अ-

नवलपरासी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग प्रदान गर्ने भएका छन् ।

भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले पालिका र जनप्रतिनिधिको तर्फबाट रु १५ लाख सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिन मध्यविन्दु नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

मध्यविन्दु नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट रु पाँच लाख, जनप्रतिनिधिको तर्फबाट रु चार लाख तथा कर्मचारीको तर्फबाट रु छ लाख गरी जम्मा रु १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।

उहाँले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्नसमेत सम्पूर्ण मध्यविन्दु नगरवासीमा अपिल पनि गर्नुभयो ।

त्यसैगरी, देवचुली नगरपालिकाले रु आठ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट रु चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु चार लाख गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यस दुःखद् क्षणमा प्रभावित परिवारलाई आवश्यक सहयोग र विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गरिदिनुहुन सम्पूर्ण देवचुली नगरवासीमा हार्दिक अपील गरिएको न्यौपानेको भनाइ छ ।  रासस