२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३७ अङ्कले ओरालो लाग्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७।०६ अङ्कले ओरालो लागेर दुई हजार २३८।६२ अङ्कमा ओर्लिएको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४।३४ अङ्कले ओरालो लागेर ४३२।५५ मा सीमित भएको छ । कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६, व्यापार ४९।४९, होटल तथा पर्यटन ५९।१३, विकास बैंक ८८।४४, जलविद्युत् ६६।८१, वित्त ४८।१९, निर्जीवन बीमा २६५।४२, उतपादन ५६।२६, अन्य २०।२८, लघुवित्त ७३।३७, जीवन बीमा २६०।१५, सामूहिक लगानी कोष ०।१३ र लगानी १।६२ अङ्कले ओरालो लागेको छ ।

कारोबारका भएका मध्ये पाँच कम्पनीको मात्रै शेयर मूल्य उकालो लागेको छ भने १८८ कम्पनीको शेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पूँजीकरण रु ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ बराबर रहेको छ ।

कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु आठ करोड ४५ लाख ८७ हजार २३२ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एशिया बैंक रु छ करोड ७३ लाख ६१ हजार ६३६, नबिल बैंक रु चार करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी रु चार करोड ४४ लाख ६५ हजार १९० र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु चार करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एनआइसी एशिया सेलेक्ट फण्ड १।८४, आरएमडिसी लघुवित्त १।२७, कालिका पावर कम्पनी ०।९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०।७१ प्रतिशतले कमाए ।

त्यस्तै घलेम्दी हाइड्रो पावर ६।८६, मैलुङखोला जलविद्युत् कम्पनी ६।८१, शिवश्री हाइड्रोपावर ६।६३, युनियन हाइड्रोपावर ६।५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६।३२ प्रतिशतले गुामए ।