• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

बन्द प्रशिक्षणमा भएको घटनाबारे खेलाडीद्वारा एन्फालाई जानकारी



काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शिविरबाट बाहिरिएका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई घटनाबारे जानकारी गराएका छन्।

आफूहरुले जायज माग राख्दा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफूहरुप्रति गरेको व्यवहार राम्रो नभएको उनीहरुले एन्फालाई दिएको पत्रमा उल्लेख छ ।

घटनाबारे सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल तथा सहायक प्रशिक्षक कृष्णभक्त मानन्धरलाई पनि घटनाबारे समयमा नै जानकारी गराएको भए पनि सुनुवाई नभएको खेलाडीहरुले पत्रमा उल्लेख गरेका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाउँदै खेलाडीहरूले आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्नु निर्णय जानाजानी नगरेको बताएका छन् । उनीहरूले आफूहरूलाई क्याम्प छोड्न भनिएको र यसबारे टोलीका अधिकारीहरूलाई जानकारी गराएको समेत उल्लेख गरेका छन् ।

यस्तै, एन्फा खेलाडी संघले घटनाको उचित छानबिन गर्न माग गरेको छ । संघका अध्यक्ष विक्रम लामाले पनि महासचिव तुलाधरलाई ज्ञापनपत्र बुझाएर यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्न अपिल गरेका छन् ।