२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्द प्रशिक्षणमा भएको घटनाबारे खेलाडीद्वारा एन्फालाई जानकारी



अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शिविरबाट बाहिरिएका खेलाडीहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई घटनाबारे जानकारी गराएका छन्।

आफूहरुले जायज माग राख्दा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफूहरुप्रति गरेको व्यवहार राम्रो नभएको उनीहरुले एन्फालाई दिएको पत्रमा उल्लेख छ ।

घटनाबारे सहायक प्रशिक्षक किरण श्रेष्ठ, गोलरक्षक प्रशिक्षक विकास मल्ल तथा सहायक प्रशिक्षक कृष्णभक्त मानन्धरलाई पनि घटनाबारे समयमा नै जानकारी गराएको भए पनि सुनुवाई नभएको खेलाडीहरुले पत्रमा उल्लेख गरेका छन् ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापनपत्र बुझाउँदै खेलाडीहरूले आफूले राष्ट्रिय टोलीको क्याम्प छाड्नु निर्णय जानाजानी नगरेको बताएका छन् । उनीहरूले आफूहरूलाई क्याम्प छोड्न भनिएको र यसबारे टोलीका अधिकारीहरूलाई जानकारी गराएको समेत उल्लेख गरेका छन् ।

यस्तै, एन्फा खेलाडी संघले घटनाको उचित छानबिन गर्न माग गरेको छ । संघका अध्यक्ष विक्रम लामाले पनि महासचिव तुलाधरलाई ज्ञापनपत्र बुझाएर यो विषयलाई प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्न अपिल गरेका छन् ।