२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले जिम्बावे ‘ए’लाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । टस हारेर ब्याटिङमा उत्रिएको नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट खेल मैदानमा जारी टी–२० प्रतियोगितमा नेपालले निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३१ बलमा ४६ रन जोडे । त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको योगदान दिए । आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भए भने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे । यस्तै मोहम्मद आदीम आलमले २७ बलमा ४७ रन को योगदान दिए ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो । जिम्बाबेको टोली तीन टी–२० र तीन एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा छ ।