२ भाद्र २०८३, मंगलवार
,
Latest
एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि प्रदर्शन चेतावनी जारी



अ+ अ-

कोलम्बो । श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि प्रदर्शन चेतावनी जारी गरेको छ।
देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्चको योजना बनाइएको छ। प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ, अमेरिकी दूतावासले जनाएको छ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसहरूलाई असर गरिरहेको छ । अहिले देशलाई आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य पारिरहेको छ।

कोभिड-१९ महामारीको समयमा पर्यटनमा रोक लगाएको कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको हो। यसले देशलाई पर्याप्त इन्धन किन्न असमर्थ बनाएको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन्। रासस