२५ श्रावण २०८३, सोमबार
,
Latest
धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर सरकारले सुशासन र सदाचारमा ध्यान दिन सकेनः सांसद सुनार सदाचार नीति कार्यान्वयनमा सांसद भट्टको जोडः ‘अरूलाई सुधार्नुअघि आफू सुध्रिन आवश्यक’ सदाचार नीति कार्यान्वयनका लागि इच्छाशक्ति आवश्यक, अतिरिक्त बजेट चाहिँदैनः सांसद देवकोटा राष्ट्रिय सदाचार नीति कार्यान्वयन र ऐन निर्माणका लागि सरकारलाई संसदीय समितिको निर्देशन उद्घाटनपछि पनि नागढुंगा सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्शानीः सभापति गजुरेल जग्गा हदअबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सांसद थेवेको माग सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने,लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने ग्यासका लागि नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न इण्डक्सन चुल्हो बाँड्ने योजना ल्याउन सांसद अधिकारीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः मुम्बईको पहिलो जित



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ४४ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ ।

राजस्थानले दिएको १५४ रनको लक्ष्य मुम्बईले चार बल बाँकी रहँदै पुरा गरेको हो । पाँच पटकको च्याम्पियन मुम्बईको यो सिजनको पहिलो जित हो । जबकि राजस्थानको टोलीले तेस्रो हार बेहोरेको छ । मुम्बईका लागि सूर्यकुमार यादवले फेरि सर्वाधिक रन बनाए र टोलीको जितमा महत्वपूर्ण योगदान दिए ।

राजस्थानले दिएको १५४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सको सुरुवात फेरि खराब रह्यो । उसले २३ रनको स्कोरमा पहिलो विकेट गुमायो । कप्तान रोहित शर्मा दुई रन बनाएर पेभिलियन फर्किए । इशान किशनले केही सानदार शट खेल्दै १८ बलमा २६ रन बनाए पनि उनले पनि ठूलो इनिङ खेल्न असफल भए । त्यसपछि छैटौं ओभरमा ४१ रनमा ओपनरको विकेट गुमाएपछि मुम्बईको टोली समस्यामा परेको थियो ।

त्यसपछि सूर्यकुमार यादव र तिलक वर्माले इनिङ्सलाई सम्हाले र बलियो साझेदारी गरे । दुबैले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्दै स्कोरलाई लक्ष्यको नजिक पुर्याएका थिए । यस क्रममा सूर्यकुमारले ३६ बलमा आफ्नो अर्धशतक पूरा गरे । तर १५औं र १६औँ ओभरमा युजभेन्द्र चहल र प्रसिद्ध कृष्णले तीन बलमा सूर्यकुमार र तिलक दुवैलाई पेभिलियन पठाएर मुम्बईलाई समस्यामा पारे ।

तर, टिम डेभिडले अन्तिम ओभरमा बलियो ब्याटिङ गर्दै मुम्बईलाई खेलमा फर्काएका थिए । उनी ९ बलमा २० रनमा अविजित रहे भने अन्तिम ओभरमा कुलदीप सेनको दोस्रो बलमा ड्यानियल साम्सले छक्का प्रहार गरी खेल समाप्त गरे ।

यसअघि मुम्बईले टस जितेर राजस्थान रोयल्सलाई ब्याटिङको निम्तो दिएको थियो । राजस्थानको सुरुवात खास रहेन र उसले २६ रनमा पहिलो विकेट गुमाएको थियो । देवदत्त पडिक्कल १५ रन बनाएर आउट भए । सञ्जु सामसन पनि ठूलो इनिङ खेल्न सकेनन् र १६ रन बनाएर पेभिलियन फर्किए । डेरिल मिचेलले पनि २० बलमा १७ रन बनाएर आउट भए ।

राजस्थानको टोलीको स्कोर एक समय निकै कम थियो तर जोस बटलरले आउट हुनुअघि ऋतिक शौकिनको ओभरमा लगातार चार छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे । त्यसपछि ६७ रनको स्कोरमा पेभिलियन फर्किए । रविचन्द्रन आश्विनले अन्तिम ओभरमा द्रुत रन बनाउँदै टोलीको स्कोर १५० भन्दा माथि पुर्याए । अश्विन ९ बलमा २१ रन बनाएर आउट भए ।




भर्खरै