९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग

भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग
अ अ+ अ-

कञ्चनपुर। भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाले रु सात लाख कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो ।

त्यसैगरी, सुदूरपश्च्मि विश्वविद्यालयले रु ८८ लाख बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब रकम कट्टा गरी कोषमा रकम जम्मा गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले बाढीबाट प्रभावितको लागि रु पाँच लाख २५ हजार राहत कोषमा जम्मा गरेको छ । सङ्घका अध्यक्ष दिनेश मल्लले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

यहाँको लिटिल बुद्ध एकेडमीले राहत कोषमा रु आठ लाख २५ हजार रकम प्रदान गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिनुभयो ।

उदयदेव सहकारी संस्थाले रु दुई लाख ११ हजार, मेघा सहकारीले रु एक लाख एक हजार र जिल्लाका अन्य सहकारीले रु ९८ हजार सहयोग गरेका छन् । यहाँको निड्स नेपालले रु एक लाख २५ हजार, समाज कल्याण सङ्घले रु एक लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा १८ ले रु एक लाख ११ हजार, सिर्जनशील सहकारीले रु एक लाख ११ हजार, भीमदत्त नगरपालिका–४ बाट रु ५१ हजार वडा १७ बाट रु ५० हजार रकम राहत कोषमा जम्मा गरिएको छ ।

जिल्लाको होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार र मर्निङ ग्लोरी स्कुलले ५१ हजार रकम राहत कोषमा जम्मा गरेको छ । होटेल ओपेराले एक लाख ५१ हजार प्रदान गरेको छ ।

त्यसैगरी, कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ ।

दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितलाई सहयोग सङ्कलन गर्न लागिएको विद्यालयका प्राचार्य खेमलाल घिमिरेले जानकारी दिनुभयो ।

“विपद्को समयमा सबै क्षेत्रबाट सहयोग भएको छ, विद्यालयले पनि केही सहयोग गर्न सकिन्छ कि भनेर गौरा पर्वको अवसर पारी यो महोत्सव आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “महोत्सवबाट यसबाट सङ्कलन हुने सबै सहयोग बाढीपीडितलाई सहयोग गर्छौं ।” जिल्लाका विभिन्न सङ्घसंस्थाहरूले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका सहयोग गर्ने क्रम जारी छ । रासस