२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक गोबिन पुनको पहिलो साङ्गितिक कोसेली ‘म मात्र’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । 'द भोइस् अफ नेपाल सिजन-३' बाट निकै चर्चामा आएका गायक गोबिन पुनले 'द भोइस् अफ नेपाल'को यात्रा पछि आफ्नो पहिलो साङ्गितिक कोसेली बजारमा ल्याएका छन् । गायक पुनको 'म मात्र' बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा संगित भर्ने काम गायक पुन आफैले गरेका छन् भने शब्द, कम्पोज, म्युजीक भिडियोको कन्सेप्ट र कथा गायक पुन आफैको रहेको छ । गीतको म्युजिक भिडियोमा प्रतिभा राई र मनोज थापा मगरको मुख्य अभिनय रहेको छ । 

म्युजिक भिडियोलाई भने गायक छेवाङ् लामाले निर्देशन गरेका छन् । त्यस्तै म्युजिक भिडियोको सम्पादन भने बिजेश पौडेलले गरेका छन् । भिडियो प्रडक्सन् दाजु भाई कम्पनीले गरेका छन् भने पोष्ट प्रडक्सन् लाटोकसेरो फिल्मस्को रहेको छ ।

गीतलाई गायक गोबिन पुनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।