२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः दिल्लीसँग कोलकाताको हार, प्लेअफको यात्रा कठिन



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ अन्तर्गत दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीचको दोस्रो भिडन्तमा ऋषभ पन्तको टोली श्रेयस अय्यरको टोलीमाथि हाबी भएको छ ।

दिल्लीले कोलकातालाई चार विकेटले पराजित गर्दै सिजनको चौथो जित निकालेको हो । योसँगै दिल्ली अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । उता, यो हारपछि कोलकाताका लागि प्लेअफको बाटो झनै कठिन भएको छ । अहिले यो टोली प्लेअफमा पुग्न भाग्यमा भर परेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले १४६ रन बनाएको थियो । जवाफमा दिल्लीको टोलीले १९ ओभरमा ६ विकेट गुमाएर १५० रन बनाई खेल जितेको हो । दिल्लीका लागि डेभिड वार्नरले ४२ रन बनाए । जबकि कुलदीप यादवले चार विकेट लिए ।

दिल्लीको पाँच विकेट खसेपछि कोलकाताले पुनरागमन गर्ने मौका पाएको थियो तर अक्षर पटेलले १७ बलमा २४ रन बनाएर आफ्नो टोलीको जित लगभग सुनिश्चित गरिदिए । यसपछि रोभम्यान पावेलले १६ बलमा ३३ रनको तुफानी इनिङ्स खेल्दै खेलको अन्त्य गरे । उनले तीन छक्का र एक चौका प्रहार गरे ।

डेभिड वार्नर र ललित यादवबीचको अर्धशतकीय साझेदारीपछि कोलकाताको टोली खेलबाट झण्डै बाहिरिसकेको थियो तर उमेश यादवले आफ्नो स्पेलको अन्तिम दुई ओभरमा दुई विकेट लिएर आफ्नो टोलीलाई फिर्ता गराए । उनले पहिले डेभिड वार्नर र त्यसपछि कप्तान पन्तलाई आउट गरेर दिल्लीलाई ब्याकफुटमा धकेले । यसैबीच नरिनले ललित यादवलाई सेटबाट आउट गरेर कोलकातालाई खेलमा फर्काए । उनले आईपीएलमा आफ्नो १५० विकेट पनि पूरा गरेका छन् । उमेशले चार ओभरमा २३ रन दिएर तीन विकेट लिए ।

१४७ रनको सहज लक्ष्य पछ्याएको दिल्लीको सुरुवात निकै खराब रह्यो । इनिङ्सको पहिलो बलमा पृथ्वी शा खाता नखोली नै पेभिलियन फर्किए । त्यसपछि अर्को ओभरमा मिचेल मार्स पनि आउट भए । दिल्लीको टोली दुई ओभरमा दुई विकेट गुमाएर संघर्ष गरिरहेको थियो । यसपछि चौथो नम्बरमा ब्याटिङ गर्न आएका डेभिड वार्नर र ललित यादवले इनिङ्सलाई सम्हालेका थिए । यी दुईबीच ६५ रनको साझेदारी भयो । वार्नर २६ बलमा ४२ रन बनाएर आउट भए पनि आफ्नो टोलीका लागि खेल निकै सहज बनाएका थिए ।

टस हारेर ब्याटिङ रोजेको कोलकाताको सुरुवात निकै खराब रह्यो । टोलीका दुवै ओपनर पावरप्ले भित्रै पेभिलियन फर्किएका थिए । पहिलो ६ ओभरमा कोलकाताको टोलीले दुई विकेट गुमाएर २९ रन मात्रै बनाउन सकेको थियो । फिन्च तीन र भेंकटेश अय्यरले ६ रन बनाएर आउट भए । यसपछि बाबा इन्द्रजित र सुनिल नारायण पनि सस्तोमा पेभिलियन फर्किए । श्रेयस अय्यर र नितिश राणाले मिलेर पारीलाई सम्हालेका थिए । श्रेयस ४२ र राणा ५७ रन बनाएर आउट भए । यी दुई ब्याट्सम्यान बाहेक रिंकु सिंहले मात्र दोहोरो अंक छुन सके । उनले १६ बलमा २३ रन बनाए । यसबाहेक कोलकाताका आठ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । तीन खेलाडी शून्य रनमा आउट भए ।

दिल्लीका लागि कुलदीप यादव र मुस्ताफिजुर रहमानले उत्कृष्ट बलिङ गरे । कुलदीपले तीन ओभरमा १४ रन दिएर चार ब्याट्सम्यानलाई आउट गर्दै आफ्नो आईपीएल करियरकै उत्कृष्ट प्रदर्शन गरे । अर्कोतर्फ मुस्ताफिजुर रहमानले चार ओभरमा १८ रन दिएर तीन विकेट लिए । आफ्नो पहिलो दुई ओभरमा उनले आठ रन मात्र दिए । त्यसपछि अन्तिम ओभरमा उनले तीन विकेट लिए र दुई रन मात्र दिए । यी दुई बाहेक अक्षर पटेल र चेतन साकारियाले एक एक विकेट लिए । जसका कारण कोलकाताको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सकेको थियो ।