११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.28

Wind: 4.12

Humidity: 19

Latest
परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने माईतीघरमा चिकित्सकहरुको प्रदर्शन नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने चलचित्र ‘खेल’को ग्रान्ड प्रिमियर सम्पन्न, कथा वाचनको प्रशंसा शिक्षकहरुको आन्दोलन आज पनि
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान आज, नेपाल एयरलाइन्सको वाइडबडी बिमानबाट उडान



अ+ अ-

भैरहवाः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एअरलाइन्सले आज बिहीबार परीक्षण उडान गर्ने भएको छ। नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी बिमान बिहीबार दिउँसो ३ बजे काठमाडौँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्न लागेको हो ।

नेपालको इतिहासमा पहिलो पटक दोस्रो अन्तरराष्ट्रिय बिमानस्थलमा ठूलो बिमान अवतरण गर्न लागेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी करिब २६० जना यात्रु लिएर बिमान गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने तयारी भएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताउनुभएको छ ।

उक्त बिमान भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाडौँ फर्किने तयारी छ। दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिनुभयो। काठमाडौँबाट आएका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने तयारी छ ।

गौतमबुद्ध विमानस्थलमा यसअघि नयाँ वर्षको पहिलो दिन उडान गर्ने भनिए पनि तयारी नपुगेका कारण उडान रोकिएको थियो।

थाइल्याण्डको एरो थाई कम्पनीले गत फागुन ६ गतेदेखि १० दिनसम्म यान्त्रिक परीक्षण उडान गरेको थियो। विमानस्थलबाट आउँदो जेठ २ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ। जजिरा एयलाइन्सले जेठ २ देखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिइसकेको छ।

कूल ७८७ विघा क्षेत्रफलमा बनेको विमानस्थलमा तीन किलोमिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ। २०७१ सालमा शिलान्यास भएको विमानस्थल साढे ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो। तर, भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन र कोरोना महामारीलगायत विभिन्न कारणले विमानस्थल निर्माणमा केही ढिलाइ भएको हो।