२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्रिभ्युः बैंगलोर र राजस्थान भिड्दै



अ+ अ-

एजेन्सी । आईपीएल ३९ औं खेलमा मंगलबार (अप्रिल २६)रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले राजस्थान रोयल्ससँग खेल्दैछ । यस खेलमा आरसीबीको लक्ष्य इनफर्ममा रहेका जोस बटलरको ब्याटलाई दबाबमा राखेर विपक्षी टोलीलाई रोक्नु हुनेछ । लगातार दुई खेलमा पहिलो बलमा पेभिलियन फर्किएपछि सबैको नजर आरसीबीका पूर्व कप्तान विराट कोहलीमाथि रहनेछ ।

पछिल्लो खेलमा ब्याट्सम्यानको खराब प्रदर्शनपछि आरसीबीले स्टार ब्याट्सम्यान कोहलीले ठूलो इनिङ खेल्ने र अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

पछिल्लो खेलमा सनराइजर्स हैदरावादसँग ९ विकेटको लज्जास्पद हार बेहोरेपछि बैंगलोरको टोली राजस्थानसँग खेल्दैछ भने राजस्थानको टोली अघिल्ला दुवै खेल जित्दै जारी सिजन उत्कृष्ट लयमा रहेको छ ।

कार्तिक–म्याक्सवेलबाट अपेक्षा कायम रहनेछ
खेलमा सबैको नजर कोहलीमा रहेपनि आरसीबीसँग कप्तान फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक र शाहबाज अहमद जस्ता ब्याट्सम्यानहरू छन् जो ठूला शट खेल्न सक्षम छन्। बैंगलोरका लागि जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी डु प्लेसिसको फर्ममा उतारचढाव देखिएको छ ।

ठूला शट खेल्ने क्षमताका कारण कार्तिकले फिनिशरको भूमिका पनि राम्रोसँग निभाउन सक्छन् । यद्यपि, पछिल्लो खेलमा भने उनले खाता खोल्न सकेनन् ।

बोल्ट–चहलले रनलाई नियन्त्रणमा राख्नेछन्
ट्रेन्ट बोल्टको नेतृत्वमा राजस्थानसँग विविध बलिङ आक्रमण छ । बोल्टले विराटलाई सताइरहेका छन् । प्रसिद्ध कृष्ण बाहेक, रविचन्द्रन अश्विन र युजवेन्द्र चहलको स्पिन जोडीले पनि आरसीबी ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छ । चहलले प्रतियोगितामा अहिलेसम्म १८ विकेट लिएका छन् । आश्विन कुनै पनि ब्याटिङ अर्डर ध्वस्त पार्न सक्षम छन् ।

उत्कृष्ट फर्ममा बटलर
राजस्थानका लागि ओपनर जोस बटलर उत्कृष्ट लयमा छन् । उनले यस सिजनमा तीन शतक प्रहार गरिसकेका छन् । ओपनर देवदत्त पडिक्कल र कप्तान सञ्जु सामसनले पनि ब्याटिङमा योगदान दिइरहेका छन् भने शिमरोन हेटमायरले पनि आकर्षक इनिङ्स खेलेका छन् । राजस्थानको ब्याटिङको कमजोर पक्ष करुण नायर र रियान पराग हुन् । यो जोडीले राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

हर्षल–हेजलवुडमाथि जिम्मेवारी
आरसीबीसँग डेथ ओभरमा हर्षल पटेल उत्कृष्ट बलर छन् । यी फास्ट बलरलाई मोहम्मद सिराज र जोस हेजलवुडको समर्थन चाहिन्छ । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाको चार ओभर पनि आरसीबीका लागि महत्वपूर्ण हुनेछ किनभने उनीसँग पनि खेलको सिलसिला परिवर्तन गर्ने क्षमता छ ।

रोयल च्यालेन्जर्स बैंगलोर सम्भावित – ११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकीपर), वानिन्दु हसरंगा, हर्षल पटेल, जोश हेजलवुड, मोहम्मद सिराज ।

राजस्थान रोयल्स सम्भावित – ११
जोस बटलर, देवदत्त पडिककल, सञ्जु सैमसन (कप्तान/विकेटकिपर), शिमरोन हेटमायर, करुण नायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रणन्द कृष्णा, ओबेद म्याकोय, युजवेन्द्र चहल ।

खेल समयः ७ः४५ बजे




भर्खरै