२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त

पूर्वाधारको कमीले पर्यटकीयस्थल ओझेलमा

पूर्वाधारको कमीले पर्यटकीयस्थल ओझेलमा
अ अ+ अ-

गोदावरी । पर्यटकीयस्थलको प्रचुर सम्भावना भएको सुदूरपश्चिममा आवश्यक पूर्वाधारको कमीले ओझेलमा परेका छन् । चर्चामा रहेका पर्यटकीयस्थलहरूमा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा पर्दै गएका हुन् । कुनै पनि पर्यटनस्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित गाँसबाससँगै अन्य कुरा खोज्ने गर्छन् तर यहाँका पर्यटकीयस्थलमा त्यस्ता पूर्वाधारको विकासले गति लिन सकेको छैन ।

यहाँ धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ), ग्रामीण पर्यटनलगायतको प्रचुर सम्भावना छ । आवश्यक पूर्वाधार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था न्यून रहेको यहाँका पर्यटन व्यवसायीको गुनासो छ । सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायी कलम बमको भनाइ छ । पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई सहज व्यवस्था नभएकाले यहाँको पर्यटन प्रवद्र्धनले गति लिन नसकेको उहाँ बताउनुहुन्छ  ।

सुदूरपश्चिम प्रदेश सरकारले वर्षेनी पर्यटन शीर्षकका नाममा स–साना मन्दिरमा मात्रै बढी बजेट विनियोजन गर्दै आएको छ । यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि खाने बस्ने, यातायातलगायत सुविधा दिनसक्ने खालका योजनामा ध्यान दिन सकेको छैन । कोभिड–१९ को महामारीका कारण अझै पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुनसकेको छैन । विगतको तुलनामा अहिले १० प्रतिशत मात्रै बाह्य पर्यटक आइरहेको पर्यटन व्यवसायीको भनाइ छ । अछाम, बझाङ, बाजुरा र डोटी जिल्लामा पर्ने खप्तड सधैँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ हुने गरेको छ ।

कैलालीको कर्णाली नदीमा र्‍याफ्टिङको निकै सम्भावना छ । त्यस्तै टीकापुर उद्यान, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल र गोदावरी तथा शिवपुरीधाम महत्वपूर्ण गन्तव्य रहेका छन् । त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुङ्गे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, वैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका र बूढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुनलगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीयस्थल छन् ।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको वेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधार बनेका छन् । तराईका दुई जिल्लामा रहेका पर्यटकीयस्थलसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मकरूपमा विकास भइसकेकाले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधारको विकास हुन नसकेकाले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसिएशन ९नाटा०का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउनुहुन्छ ।

पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा सहज रुपमा भित्र्याउने वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै आएका छन् । भारतीय पर्यटकको आगमन वृद्धि नै प्रदेशको पर्यटन क्षेत्र चलायमान हुने आधार रहेको भट्टको भनाइ छ । अहिले सरकारले सीमानाका पूर्णरूपमा खोले पनि त्यहाँबाट भारतीय नम्बरप्लेटका सवारी साधन आउन अवरोध गरिएको बताउँदै कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर भन्नुहुन्छ, “जबसम्म नाकामा सहज हुँदैन तबसम्म पर्यटकीय क्षेत्र र होटल व्यवसाय चलायमान हुँदैन ।”

सीमानाकाबाट भारतीय पर्यटकलाई सहजरूपमा आउने वातावरण बने पर्यटन व्यवसाय केही हदसम्म सुधार हुने आकलन पर्यटन व्यवसायीको छ । कोरोना महामारीमा कमी आए पनि अझै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकको आगमन वृद्धि हुन नसकेको अध्यक्ष कुँवर बताउनुहुन्छ ।

पर्यटन विकासका लागि पूर्वाधार अभावका कारण सुदूरपश्चिम प्रदेशमा बाह्य पर्यटक निकै कम आउने गरेकाले  प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासमा ठोस योजना बनाएर अघि बढ्नुपर्ने यहाँका पर्यटन व्यवसायीको सुझाव छ ।प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका अनुसार सरकारले केही पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको र  यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रयासरत रहेको बताउनुहुन्छ । (रासस, मीन ठकुरी)